भजनसंग्रह 119:54 · नेपाली बाइबल
मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै मेरो गीतहरू भएका छन्।
Cross references
उत्पत्ति 47:9
याकूबले फिरऊनलाई भने, “मेरो जीवन छोटो अनि दुःखले भरिएको छ। म केवल एक सय तीस वर्ष पुगेको छु। यो मेरा पुर्खाहरूसित तुलना गर्दा केही होइन जब तिनीहरू यस धर्तीमा बाँचेका थिए।”
भजनसंग्रह 10:1
हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ? दुखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्।
भजनसंग्रह 89:1
म परमप्रभुको महान् कृपाको प्रशंसा सधैँको निम्ति गाउनेछु, सबै पुस्तासम्म म तपाईंको विश्वस्तता मेरै मुखले जनाउनेछु।
हिब्रू 11:13
यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफु त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे।