Home Bibles हितोपदेश 3:23 · नेपाली बाइबल
हितोपदेश 3:23 · नेपाली बाइबल

त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिडने छौ कतै पल्टनै छैनौ।

Cross references

भजनसंग्रह 37:23

सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ। परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।

भजनसंग्रह 37:31

उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ। अनि ठीक प्रकारले बाँच्नबाट उ कहिल्यै वन्चित हुँदैन।

भजनसंग्रह 91:11

परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ, अनि तिनीहरूले तिमीहरूलाई जहाँ जादा पनि रक्षा गर्नेछन्।

भजनसंग्रह 91:12

तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्, त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन।

भजनसंग्रह 121:3

परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन।

भजनसंग्रह 121:8

तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

हितोपदेश 2:8

उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरू प्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहाडा दिनु हुन्छ।

हितोपदेश 4:12

जब तिमी अघि बढछौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन।

हितोपदेश 6:22

जब तिमी अगि बढने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।

हितोपदेश 10:9

ईमानदार मानिस सदा सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ।

जकरिया 10:12

परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।

Interlinear

Choose Theme