Home Bibles ☰ Books हितोपदेश 31:26 · नेपाली बाइबल
हितोपदेश 31:26 · नेपाली बाइबल

तिनको बोलीमा ज्ञान छ र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।

Cross references

उत्पत्ति 24:18

रिबेकाले तुरन्तै काँधबाट गाग्री तल राखेर उसलाई पानी पिउन दिइ। उनले भनी, “महाशय, पानी पिउनुहोस्।” उनले त्यस नोकरलाई केही पानी पिउन दिइ शेष मात्र गरेकी थिइ।

न्यायकर्ता 13:23

तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्न चाहनुहुन्न। यदि परमप्रभुले हामीलाई मार्न चाहनु भएको भए हामीले अर्पण गरेका होमबलि अनि अन्नबलि उहाँले स्वीकार गर्नुहुने थिएन। उहाँले यी सबै कुराहरू हामीलाई देखाउनु हुने थिएन। अनि हामीलाई यी कुराहरू उहाँले भन्नुहुने थिएन।”

1 शमूएल 25:24

तिनको अनुहार दाऊदको अघि भूँइमा निहुराए र अबीगेलले भनिन्, “महाशय कृपया, मलाई केही भन्न दिनुहोस्। मैले भनेका कुरा सुनिदिनुहोस्। जे भयो त्यसका निम्ति मलाई दोषी ठहराउनुहोस्।

2 शमूएल 20:16

तर त्यस शहरमा एउटी ज्ञानी स्त्री थिई। तिनले याओबलाई शहरभित्रबाट कराइन्। तिनले भनिन्, “मेरो कुरा सुन्नुहोस्, योआबलाई यहाँ आउनु भन। म ऊसित कुरा गर्न चाहान्छु।”

2 राजा 22:15

तब हुल्दाले तिनीहरूलाई भनिन, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः त्यो मानिसलाई भन जसले तिमीलाई मकहाँ पठाएका छ।

एस्तर 4:4

दासीहरू अनि नपुंशक जसले एस्तरको सेवा गर्थे तिनी कहाँ गए अनि मोर्दकैलाई के भहिरहेछ तिनलाई भने तब रानी व्याकुल भइन्। अनि तिनले मोर्दकैलाई वस्त्रहरू पठाइन् उनले बोराको वस्त्र हटाउन चाहिन। तर तिनले वस्त्रहरू स्वीकार गरेनन्।

एस्तर 5:8

यदि राजाले मलाई मन पराउनु हुन्छ भने यदि राजाले भोलिको मेरो निवेदनलाई इज्जत गर्न चाहनु हुन्छ र मेरो विन्ती असल लाग्छ भने राजा अनि हामान मैले दिने भोजमा आइदिनु होस् अनि भोलि राजाले भन्नु भएको प्रश्नको उत्तर दिनेछु।”

एस्तर 7:3

अनि रानी एस्तरले जवाफ दिइन्, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस यो मेरो निवेदन हो।

एस्तर 8:3

अनि एस्तरले राजाको पाउमा झुकेर रूँदै भनिन् अगागी हामानको कुआदेश हटाइदिन राजासंग अनुरोध गरिन् हामानले जो षड्‌यन्त्र यहूदीहरूको विरूद्ध रचेका थिए।

हितोपदेश 10:31

धर्मी मानिसले ज्ञानको उच्चारण गर्छ, तर एउटा कुटिल जिब्रो काटिनेछ।

हितोपदेश 12:18

विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।

हितोपदेश 16:24

आनन्दयाक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।

Interlinear

Choose Theme