Home Bibles हितोपदेश 10:31 · नेपाली बाइबल
हितोपदेश 10:31 · नेपाली बाइबल

धर्मी मानिसले ज्ञानको उच्चारण गर्छ, तर एउटा कुटिल जिब्रो काटिनेछ।

Cross references

भजनसंग्रह 12:4

ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं अनि त्यो अत्यन्त मुख्य हुँदछ। के भन्नु पर्ने हामी जान्दछौं, यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”

भजनसंग्रह 31:18

ती दुष्टहरू अंहकार गर्छन् अनि राम्रा मानिसहरूको विषयमा झूटा कुरा गर्छन्। ती दुष्टहरू घमण्डी छन्, तिनीहरूको झूटो बोल्ने ओंठहरू मौन हुनेछन्।

भजनसंग्रह 37:30

धर्मी मानिसले उत्तम सल्लाह दिंदछ। उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।

भजनसंग्रह 63:11

तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्। किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।

भजनसंग्रह 120:3

झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ।

हितोपदेश 10:11

इमान्दार मानिसको मुख जीवनको स्रोत हो, तर मूर्ख मानिसको मुखबाट घृणीत कुराहरू मात्र निस्कन्छन्।

हितोपदेश 10:13

बुद्धि, ज्ञानी मानिसहरूको मुखमा पाइन्छ, तर मूर्खलाई उसको पीठ्‌यूँमा लट्ठीले हिर्काइन्छ।

हितोपदेश 10:20

इमान्दार मानिसको मुखबाट निस्केका शब्दहरू निखुर चाँदी झैं बहूमूल्य हुन् तर नराम्रो मानिसका विचारहरूको मूल्य हुँदैन।

Interlinear

Choose Theme