Home Bibles ☰ Books हितोपदेश 25:15 · नेपाली बाइबल
हितोपदेश 25:15 · नेपाली बाइबल

धैर्यपूर्ण कुराले राजालाई शान्त गराउँछ नम्र बोली अत्यन्त शक्तिशाली हुन्छ।

Cross references

उत्पत्ति 32:4

याकूबले आफ्ना दूतहरूलाई भन्यो, “यी कुराहरू मेरा मालिक एसावलाई भन। ‘तपाईंका सेवक याकूब भन्छन्, म लाबानसँग याति लामो समय सम्म बसिरहेकोछु।

न्यायकर्ता 14:9

शिमशोनले केही मह आफ्ना हातले उठाए। तिनी मह खाँदै हिंडे। जब तिनी आफ्ना बाबु-आमा कहाँ आए उसले उनीहरूलाई केही मह दिए। उनीहरूले पनि त्यो खाए। तर शिमशोनले आफ्ना बाबु-आमालाई त्यो मह मरेको सिंहको शरीरबाट लिएको भनी भनेनन्।

1 शमूएल 25:14

नाबालको एउटा नोकरले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दाऊदले आफ्ना समाचार-वाहकहरूलाई हाम्रा मालिक नाबाल भए ठाउँसम्म पठाए। तर नाबाल तिनीहरू प्रति तुच्छ थिए।

1 शमूएल 25:24

तिनको अनुहार दाऊदको अघि भूँइमा निहुराए र अबीगेलले भनिन्, “महाशय कृपया, मलाई केही भन्न दिनुहोस्। मैले भनेका कुरा सुनिदिनुहोस्। जे भयो त्यसका निम्ति मलाई दोषी ठहराउनुहोस्।

अय्यूब 41:3

के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ?

हितोपदेश 15:1

नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।

हितोपदेश 16:14

जब राजा क्रोधित हुन्छ उसले कसैलाई पनि मार्न सक्छ तर ज्ञानी मानिसले उसलाई शान्त गराउँन सक्छ।

हितोपदेश 16:32

मानिस धैर्यवान् हुनु लडाकु योद्धा भन्दा पनि उत्तम हो, जसले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्छ, त्यो नगर जित्ने मानिस भन्दा पनि राम्रो मानिस हो।

उपदेशक 10:4

मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।

Interlinear

Choose Theme