मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ।-24-
Cross references
परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरुमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरुले मनमा जे चिताउँद थिए सँधै विचारहरु नै दुष्टपूर्ण हुन्थ्यो।
परमप्रभुले त्यस बलिदानहरुको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरुलाई नष्ट पार्ने छैन।
हे परमप्रभु, म त्यस्ता मानिसहरूलाई घृणा गर्छु, जो तपाईं प्रति पूर्ण रूपले विश्वासी छैनन्। तर म तपाईंको शिक्षाहरू मन पराउँछु।
यदि कुनै मानिसले अरूलाई खिसी गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडाहरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ।
त्यो यस्तो मानिस हो जो आफ्नो भोजनको मोल लगाई रहन्छ। तिमीलाई त भन्छ, “तिमी खाऊ, मस्त भई खाऊ,” तर त्यो उसको मनभित्रबाट भनेको होइन।
दुष्ट षडयन्त्र सधैं गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्।
जसले आफैंलाई अरू भन्दा असल हुँ भन्ने सोच्छ त्यसले सारा शहर नै अस्त-व्यस्त पारिदिन्छ। तर बुद्धिमान मानिसहरूले जलि रहेको क्रोधालाई शान्त बनाउँछन्।
दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाडनु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।
हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाच्नेछौ कहिल्ये सम्म आफ्नो दुष्ट्रयाँइसित अड्किरहनेछौ।
तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।
तिनीहरूले के सोंचिरहेका छन् भनेर येशूले जान्नू भयो अनि उहाँले भन्नुभयो, “किन तिनीहरू यस्ता दुष्ट विचारहरू आफ्नो मनमा राख्छौ?
किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्।
तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ।
अनि परमेश्वरको ज्ञानको विरूद्धमा उठेको हरेक अहङ्कारलाई नाश गर्छौं। अनि हामी हरेक विचारलाई पक्रन्छौं र त्यसलाई त्याग्ने वा ख्रीष्टलाई मान्ने बनाउँछौं। हरेक विचारलाई ख्रीष्टको आज्ञपालन गर्नलाई वशमा पार्छौ।