Home Bibles 2 तिमोथी 4:16 · नेपाली बाइबल
2 तिमोथी 4:16 · नेपाली बाइबल

पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्।

Cross references

भजनसंग्रह 31:11

मेरा शत्रुहरूले मलाई हेला गर्छन्। अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्। सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्। तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्, तिनीहरू मलाई नदेखे झैं भान गर्छन्।

मर्कूस 14:50

“त्यसपछि सबै चेलाहरूले उहाँलाई छोडेर भागे।

यूहन्ना 16:32

ध्यानले सुन, तिमीहरू छरिएर बस्ने समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरपष्ट हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाडनेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एक्लो रहनेछैन किनभने पिता मसंग रहनु हुनेछ।

प्रेरित 7:60

तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्! यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।

प्रेरित 22:1

पावलले भने, “मेरा दाज्यू-भाइहरू, र पिताहरू मलाई ध्यान दिएर सुन! तिमीहरूका सामु म आफ्नो बचाउको पक्षमा कुरा गर्नेछु।”

प्रेरित 25:16

तर मैले तिनीहरूलाई भने, ‘जब केही दण्डनीय अपराध गरेको विरुद्धमा आरोप लगाईन्छ, रोमीहरूकोमा त्यो रीति छैन कि त्यस मानिसलाई अभियोक्ताहरूकहाँ सुम्पने। प्रथम उसलाई दोषारोपण गर्ने मानिसहरूसंग मुखामुख गराउनु पर्छ, अनि उसले ती दोषारोपनहरूको विरुद्ध स्वयं बचाऊ गर्ने मौका पाउनु पर्छ।

1 कोरिन्थी 9:3

कसै-कसैले मेरो अधिकारको विषयमा प्रश्न गर्छन्। तिनीहरूका निम्ति मेरो जवाब यही हुन्छः

2 कोरिन्थी 7:11

तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्न पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो।

फिलिप्पी 1:7

तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ।

फिलिप्पी 1:17

तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन् कि म झेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन्।

2 तिमोथी 1:15

तिमीलाई थाहा छ कि एशियामा मलाई सबले छोडे। फाइगेलस र हर्मोजेनस धरिले मलाई छोडे।

2 तिमोथी 4:10

डेमसले संसारलाई खूबै प्रेम गर्थ्यो अनि ऊ मलाई छाडदैछ, ऊ थिस्सलोनिका गयो। क्रेसेन्स गलतिया गयो अनि तीतस डालमितियामा गए।

1 पत्रुस 3:15

तर तिमीहरुको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिमीहरु प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरुसंग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ।

Interlinear

Choose Theme