मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।
Cross references
जब तैंले त्यो भूमिमा केही रोप्छस तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिंडने छस्।”
“यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”
तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।
जसमा यर्दन नदीको पूर्वमा तीनवटा र कनान देशभित्र तीनवटा हुनेछन्।
“तर एकजना मानिसहले कुनै अर्को मानिसलाई घृणा गर्न सएछ। त्यस मानिसले घृणा गरेको मानिसलाई पर्खेर मार्न लुएन सएछ, उसले त्यस मानिसलाई मार्न सएछ अनि सुरक्षाका शहरमध्ये एउटामा भागेर जान सएछ।
अब्शालोम भागे। शहरको पर्खालमाथि एउटा रक्षक उभिरहेका थिए। तिनले धेरै मानिसहरू पहाडको अर्को भागवाट आउँदै गरेका देखे।
योआबका दशजना जवान सिपाही थिए जो योआबका अंगरक्षक हुन। ती दशजना मानिस अब्शालोमको वरिपरी भेला भएर उसलाई मारे।
कसैले राजा सुलेमानलाई बताए योआब परमेश्वरको पालको वेदीमा छ। यस कारण सुलेमानले यहोयादाका छोरा बनायाहलाई गएर उसलाई मार्ने आदेश दिए।
आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘
अनि ईजेबेलको विषयमा परमप्रभुले यसो भन्नुभयो, ‘कुकुरहरूले यिज्रेलको किल्लाको घेरा-भित्तानेर ईजेबेललाई खानेछ।
परमप्रभुले भन्नुभएको, ‘हिजो मैले नाबोत र उनका छोराहरूको रगत देखें। यसकारण म आहाबलाई यस खेतमा सजाय दिनेछु।’ परमप्रभुले यस्तो भन्नुभयो। यसकारण योरामका लाश उठाऊ अनि परमप्रभुले भने जस्तै खेतमा फ्याँकिदेऊ।”
तर मानिसहरूले जकर्याहको विरूद्ध षड्यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुञ्जेल मानिसहरूले तिनलाई ढुँङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे।
यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।”यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, ‘हाम्रो होइन।”
त्यहाँ बस्नेहरूले पावलको हातमा साँप झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। उ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”