योआबका दशजना जवान सिपाही थिए जो योआबका अंगरक्षक हुन। ती दशजना मानिस अब्शालोमको वरिपरी भेला भएर उसलाई मारे।
Cross references
यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’
राजा दाऊदले पूजाहारीहरू सादोक र एबीयातारकहाँ खबर पठाए। दाऊदले, “यहूदाका अधिकारीहरूलाई भने। ‘किन तिमीहरू दाऊदलाई राजसिंहासनमा फेरि बसाउन किन अन्तिम परिवार समूह भयौ? हेर, इस्राएलीहरूले राजालाई फर्काएर ल्याउने बारेमा भने, अनि राजाको डेरामा पुगे।
आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।
मैले एक बलवान कपटी मान्छे देखें। ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
एउटा दुष्ट मानिस सधैं नै बिद्रोह गरिरहन्छ। यसर्थ उसको बिरोधमा एकजना निष्ठूरी मानिस पठाइन्छ।
मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।
आफूले खनेको खाडलमा आफै पर्न सक्छन। पर्खाल भत्काउनेलाई साँपले डस्न पनि सक्छ।