Home Bibles ☰ Books 1 राजा 2:29 · नेपाली बाइबल
1 राजा 2:29 · नेपाली बाइबल

कसैले राजा सुलेमानलाई बताए योआब परमेश्वरको पालको वेदीमा छ। यस कारण सुलेमानले यहोयादाका छोरा बनायाहलाई गएर उसलाई मार्ने आदेश दिए।

Cross references

प्रस्थान 21:14

तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।

1 राजा 2:25

राजा सुलेमानले यहोदाका छोरा बनायाहलाई आदेश दिए। बनायाह बाहिर निस्किए अनि अदोनियाहलाई मारे।

1 राजा 2:31

तब राजाले बनायाहलाई आदेश दिए, “ऊ जसो भन्छ त्यसै गर! उसलाई त्यहीं मार अनि गाडिदे। तब मेरो परिवार अनि म योआबको दोषबाट मुक्त हुनेछौं। योआबले निर्दोष मानिसहरूको हत्या गरेको हुनाले यो दोष सृष्टि भएको थियो।

1 राजा 2:46

तब राजा सुलेमानले यहोयादको छोरा बनायाहलाई शिमीको हत्या गर्ने हुकूम दिए अनि उनले त्यसै पालन गरे। अब राज्यमा सुलेमानको पूर्ण नियन्त्रण थियो।

हितोपदेश 28:17

मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर।

इजकिएल 9:6

तिनीहरू माझ जसको निधारमा चिन्ह छैन प्रत्येकलाई मार्न तिमीले तिम्रो हतियारहरू प्रयोग गर्नु पर्छ। कुनै दया नदेखाऊ। तिनीहरूलाई नछोड यहाँ मेरो मन्दिरबाट शुरू गर।” यसकारण तिनीहरूले मन्दिर भित्रको बूढा-पाकाहरूबाट शुरू गरे।

1 पत्रुस 4:17

न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरुको के अवस्था हुनेछ?

Interlinear

Choose Theme