Home Bibles हितोपदेश 21:7 · नेपाली बाइबल
हितोपदेश 21:7 · नेपाली बाइबल

दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्।

Cross references

भजनसंग्रह 7:16

तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।

भजनसंग्रह 9:16

परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।

हितोपदेश 1:18

यसर्थ जो मानिस निर्दोष मानिसलाई हत्या गर्न लुकेर बसेको हुन्छ, वास्तवमा त्यो मानिस त्यस्तै जालमा फँसेर मर्छ।

हितोपदेश 10:6

इमानदार मानिसको शिरमाथि आशीषहरू वर्षन्छन्, तर दुष्ट मानिसको मुखबाट घृणित कुराहरू मात्र निस्कन्छन्।

हितोपदेश 21:21

जो इमान्दार जीवन जीउछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।

हितोपदेश 22:22

गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट बञ्चित नगर

हितोपदेश 22:23

परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्।-2-

यशैया 1:23

तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”

यर्मिया 7:9

के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ?

यर्मिया 7:15

म तिमीहरूलाई मेरो नजरबाट जबरजस्ती हटाउनेछ, जसरी मैले तिमीहरूका दाज्यू-भाइहरू, एप्रैमका सबै मानिसहरूलाई गरें।”

इजकिएल 18:18

उसको बाबुले मानिसहरूबाट फाइदा उठाउन सक्छ अनि तिनीहरूहबाट चीजहरू पनि चोर्न सक्छ। उसले केही राम्रो काम गर्न सक्तैन्। किनभने त्यो बाबु आफ्नो पापहरूले गर्दा मर्छ। तर छोरोलाई उसको बाबुको पापको निम्ति दण्ड दिनु हुदैन।

इजकिएल 22:13

परमेश्वरले भन्नुभयो, “अब हेर! म तिनीहरूलाई देखेर ताली बजाउँनेछु। मानिसहरूलाई धोका दिएको अनि हत्या गरेकोमा तिमीहरूलाई दण्ड दिन्छु।

मीका 3:9

हे याकुबका अगुवाहरु, इस्राएलका शासकहरु, तिमीहरु मेरो कुरा सुन। तिमीहरु न्यायलाई घृणा गर्दछौ। यदि कुनै वस्तु बाटोमा छ भने, तिमीहरुले त्यसलाई बाङ्गो पारिदिन्छौ।

जकरिया 5:3

त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्ठोमा एउटा श्राप लेखिएकोछ। मुट्ठाको एका पट्टि चोरहरू को बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झुटो बोल्ने मानिसहरुको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरुले शपथ लिन्छ।

एफिसी 5:6

मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ।

Interlinear

Choose Theme