परमेश्वरले भन्नुभयो, “अब हेर! म तिनीहरूलाई देखेर ताली बजाउँनेछु। मानिसहरूलाई धोका दिएको अनि हत्या गरेकोमा तिमीहरूलाई दण्ड दिन्छु।
Cross references
बिलामसित बालाक रिसाएर हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियौ।
जसले अधिक ब्याज असुल गरी सम्पत्ति कमाउँछ तर त्यो सम्पत्ति उसले आफ्नो निम्ति होइन, तर कुनै गरीव मानिसको निम्ति सम्पत्ति जम्मा गर्छ।
असल, धार्मिक मानिसहरू जसले पैसाको लागि अरूलाई चोट पुर्याउन चाहँदैनन्-तिनीहरू यस आगोबाट छिरेर पनि बाँच्न सक्छन्। तिनीहरूले घुसहरू लिन स्वीकार गर्दैनन तिनीहरू अरूलाई हत्या गर्ने योजनाहरू फर्केर पनि हेर्दैनन्।
मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्। जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्। तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।
के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ?
परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! ताली बजाऊ अनि मेरो निम्ति मानिसहरूलाई यी कुराहरू भन,“तरवार दुइ पल्ट आवोस्, तीन पल्ट! यो तरवार मानिसहरू मार्नुका निम्ति हो। यो तरवार हो, ठूलो नर-संहारका निम्ति! यो तरवारले मानिसहरूलाई काट्नेछ!
तब म ताली बजाउनेछु अनि म मेरो क्रोध देखाउनु बन्दा गर्नेछु। म परमप्रभुले नै भनेको हुँ।”
“हे मानिसको छोरो! दुइवटा बाटोको नक्शा बनाऊ त्यो बाबेलका राजाले तरवार इस्राएलमा ल्याउन छाने। दुवै बाटोहरू एउटै भूमिमा आउनु पर्छ। एउटा संकेत शहरको शुरूमा लगाउनु पर्छ।
“‘यरूशलेमका बूढा-प्रधानहरू आफूले पक्रेका पशुहरू खाँदै गरेका ब्वाँसाहरू जस्तै छन्। बूढा-प्रधानहरू फायदा लिनको लागि मानिसहरूलाई आक्रमण गर्छन् अनि मार्छन्।
परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरुले गरेका विभिन्न अपराधहरुका निम्ति दण्ड दिनेछु। किन? किनकि तिनीहरुले धर्मी र गरीब मानिसलाई एकजोडीजुत्ताको मुल्यमा बेचे।
तिनीहरु एकअर्कामा सहीतरिकाले बाँच्न जान्नदैनन्। तिनीहरुले तिनीहरुको किल्लामा डकैती र लुटेका मालहरु थुपार्छन्।”
सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्। तिमीहरुले यस देशको गरीबहरु नष्ट पार्न चाहन्छौ।
मानिसहरुमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरु बनाउँछन्। यस्ता मानिसहरु ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्, अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिंड्न थाल्दछन्। किन? त्यसो गर्ने सामर्थ तिनीहरुसँग छ।
के अझै पनि दुष्टहरुले चोरेको धन सम्पत्ति लुकाएर राखेको छ? के दुष्टहरुले अझै पनि मानिसहरुलाई टोकरीहरुले धोका दिइ रहेकोछ जुन टोकरीहरु सानो छ।