Home Bibles हितोपदेश 2:19 · नेपाली बाइबल
हितोपदेश 2:19 · नेपाली बाइबल

जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।

Cross references

भजनसंग्रह 81:12

यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।

हितोपदेश 4:18

तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।

हितोपदेश 5:11

जब तिम्रो धन सम्पत्ति शरीर तथा आयु सब शेष हुन्छ त्यतिबेला चिन्ता गरेर रोई बस्नु पर्ला।

हितोपदेश 6:32

तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।

उपदेशक 7:26

मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भाग्छन्। तर पापी तिनको फन्दामा पर्छ।

यर्मिया 13:23

जसरी एउटा चितुवाले आफ्नो छालाको थोप्ले दागहरू बद्लाउनु सक्तैन त्यसरी नै एकजना कालो वर्णको मानिसले आफ्नो वर्ण बद्लिन सक्तैन। यसर्थ तिमी दुष्टकर्मीहरू कहिल्यै परिवर्तन हुन र असल गर्न सक्तैनौ।

होशे 4:14

“म तिम्रा छोरीहरूलाई दण्ड दिनेछैन जब तिनीहरू वेश्या जस्तो व्यवहार गर्छन् अथवा तिम्रा बुहारीहरू व्यभिचार गर्छन। किनभने मानिसहरू आफै मन्दिरका देवदासीसंग बलि चढाउँदछन्। यसकारण ती मूर्ख मानिसहरू नष्ट हुनेछन्।

मत्ती 19:24

धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नु भन्दा बरू ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो पर्नेछ।”

हिब्रू 6:18

यी दुइ कुराहरू बद्लिन सकदैनन्। अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौ।

Interlinear

Choose Theme