Home Bibles हितोपदेश 6:32 · नेपाली बाइबल
हितोपदेश 6:32 · नेपाली बाइबल

तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।

Cross references

उत्पत्ति 39:9

मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्नु हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिरूद्धमा पाप हो।”

उत्पत्ति 41:39

यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन।

प्रस्थान 20:14

“तिमीले व्यभिचार गर्नु हुँदैन।

हितोपदेश 2:2

ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ।

हितोपदेश 2:18

अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ। उसको पछि लाग्ने मर्नेछ।

हितोपदेश 2:19

जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।

हितोपदेश 5:22

एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।

हितोपदेश 7:7

अनि तिनीहरू मध्ये एकजनालाई ध्यान दिएँ त्यो एकदमै मूर्ख रहेछ।

हितोपदेश 7:22

उसले त्यस आइमाईलाई पछ्याउँछ र एक्कासि ऊ कसाइखाना तिर लगिंदै गरेको साँढे झैं हुन्छ। ऊ धनुषकाँडले कलेजो छेडेको मृग झैं भएको छ। ऊ जस्तै जालमा फँस्न उडिरहेकोछ।

हितोपदेश 8:36

तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याँउछ। जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”

हितोपदेश 9:4

तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ। उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी।

हितोपदेश 9:16

अरे हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन।

उपदेशक 7:25

साँचो ज्ञान पाउन मैले ठूलो परिश्रम र गहिरो अध्ययन गरें, हरेक कुराको कारण पत्तो लाउने चेष्टा गरें तर मैले जानें के? मैले यतिनै जाने कि दुष्ट बन्नु मूर्खता हो र मूर्ख व्यवहार गर्नु पागलपन हो।

यर्मिया 5:8

तिनीहरू पोसिएका खूब र घोडाहरू काम-वासनाले मस्त भएका जस्तै छन्। तैपनि तिनीहरूले आफ्नै छिमेकीका पत्नीहरूलाई डाक्दैछन्।”

यर्मिया 5:21

यो सन्देश सुन ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन्, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।”‘

इजकिएल 18:31

म तिमीलाई मार्न चाहदिन्। दया गरि फर्केर आऊ अनि बाँच!”

होशे 4:11

“व्यभिचार, नयाँ दाखरस र दासत्वले कुनै पनि मानिसको राम्रो सोच्ने शक्ति नष्ट पारिदिन्छ।

होशे 13:9

“हे इस्राएल, मैले तिम्रो रक्षा गरें तर तिमीले मेरो विरोध गर्यौ। यसकारण म तिमीलाई नष्ट गर्नेछु।

रोमी 1:22

मानिसहरूले आफूलाई ज्ञानी भनेर ठाने अनि तिनीहरू मूर्ख बने।

हिब्रू 13:4

सबैका बीचमा विवाहचाहिं आदरणीय होस्। विवाहलाई दुईजना बीचमा पवित्र राख्नु पर्छ। जसले यौन-पाप र व्यभिचार गर्छ त्यसलाई परमेश्वरबाट अपराधीलाई जस्तो न्याय गरिन्छ।

Interlinear

Choose Theme