Home Bibles हितोपदेश 19:4 · नेपाली बाइबल
हितोपदेश 19:4 · नेपाली बाइबल

धनले धेरै मित्रहरू बनाउँछ, तर गरीबलाई आफ्नै भित्रले पनि त्यागि दिन्छ।

Cross references

अय्यूब 6:15

तर तिमी, मेरो दाज्यू-भाइहरू, उद्धार भएनौ। म तिमीहरूमाथि आश्रित हुन सक्तिन। तिमीहरू त्यस्ता खोलाहरू जस्तै हौ जुन कहिले काहीं मात्र बहन्छ अनि अरू बेला बहँदैन। तिमीहरू त्यस्ता खोला हौ जो पोखिन्छन्।

अय्यूब 19:13

परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो। म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।

हितोपदेश 10:15

धनी मानिसलाई धनले रक्षा गर्छ तर दरिद्रताले गरीब मानिसहरूलाई नष्ट पार्छ।

हितोपदेश 14:20

गरीब मानिसहरूलाई तिनीहरूका छिमेकीहरूले पनि मन पराउँदैनन्। तर धनीका त धेरै मित्रहरू हुन्छन्।

हितोपदेश 19:6

धेरै मानिसहरूले शासकको निगाह खोजछन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ।

लूका 15:13

केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो।

Interlinear

Choose Theme