Home Bibles ☰ Books अय्यूब 6:15 · नेपाली बाइबल
अय्यूब 6:15 · नेपाली बाइबल

तर तिमी, मेरो दाज्यू-भाइहरू, उद्धार भएनौ। म तिमीहरूमाथि आश्रित हुन सक्तिन। तिमीहरू त्यस्ता खोलाहरू जस्तै हौ जुन कहिले काहीं मात्र बहन्छ अनि अरू बेला बहँदैन। तिमीहरू त्यस्ता खोला हौ जो पोखिन्छन्।

Cross references

अय्यूब 11:16

तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ। तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।

अय्यूब 13:4

तर तिमीले हाम्रो बातचीतलाई झुटो कुराले कलंकित पार्छौ। तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।

अय्यूब 14:11

नदीहरू सूखा नभइञ्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला, अनि मानिस अझ मृत नै हुनेछ।

अय्यूब 19:13

परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो। म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।

अय्यूब 19:19

मेरा सारा हितैषी मित्रहरूले मलाई घृणा गर्छन्। जुन मानिसहरूलाई म प्रेम गर्छु तिनीहरू सम्मले मेरो विरूद्ध मुख खोले।

भजनसंग्रह 38:11

मेरा बिमारीको कारणले गर्दा मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्। मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।

भजनसंग्रह 41:9

मेरो प्रिय साथीले मसँगै खायो। म उसलाई भरोसा गर्थे। तर अहिले, ऊ मेरो विरूद्धमा बागी भएकोछ।

भजनसंग्रह 55:12

तर तिमी नै एक हौ, मेरो साथी मेरो सहकर्मी। मेरो साथीहरूले नै मलाई कष्टहरू दिइरहेकाछन्।

भजनसंग्रह 88:18

हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्नु मलाई वाध्य गराउनु भयो। खाली अन्धकार मात्र मसँग रहेको छ।

हितोपदेश 25:19

झूटो बोल्ने मानिस माथि कहिल्यै भर नपर्नु, त्यो मानिस कष्टदायी दाँत तथा लङ्गडे खुट्टा जस्तै हो। र आवश्यक्ताको समयमा धोका दिन सक्छ।

यर्मिया 9:4

“आफ्ना छिमेकीहरूलाई नियाल। कुनै सम्बन्धीलाई विश्वास नगर। किन? किनभने हरेक सम्बन्धी कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।

यर्मिया 15:18

किन मलाई कष्ट भइरहन्छ? मेरो घाउ गहिरो छ जुन निको हुनलाई गाह्रो मानिरहेको छ? मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ, एउटा खोल्सा जसमाथि भरोसा नै छैन।”

यर्मिया 30:14

तिमीहरूका प्रेमीहरूलेतिमीहरूलाई भूलेका छन् अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्। म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु। तिमीहरूका धेरै दुष्टकर्महरू र अनगन्ती पापहरूको कारणले म तिमीहरूलाई कडा दण्ड दिनेछु।

Interlinear

Choose Theme