Home Bibles ☰ Books लूका 15:13 · नेपाली बाइबल
लूका 15:13 · नेपाली बाइबल

केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो।

Cross references

2 इतिहास 33:1

मनश्शे बाह्र वर्ष उमेरका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा पचपन्न वर्ष सम्म राजा भए।

अय्यूब 21:13

दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्। त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्।

अय्यूब 22:17

ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्, सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’

भजनसंग्रह 10:4

दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्। तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्।

भजनसंग्रह 73:27

हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ। तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्।

हितोपदेश 5:8

स्त्री देखि टाढा बस अनि त्यसको घरको ढोका नजिक पनि नजाऊ।

हितोपदेश 6:26

एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।

हितोपदेश 18:9

यो निश्चय हो कि जसले आफ्नो काम अल्छी गरि गर्छ, त्यो सर्वनाश गर्नेको भाइ जत्ति कै हो।

हितोपदेश 21:17

जसले सूख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन्।

हितोपदेश 21:20

बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ।

हितोपदेश 23:19

मेरो छोरो, सुन र ज्ञानी बन! सधैं सही बाटोमा हिडने कुरा ख्याल गर।

हितोपदेश 27:8

आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।

हितोपदेश 28:7

जसले व्यवस्थाको पालन गर्छ ऊ विवेकी छोरा हो, तर जसले बेकारका घिचुवाहरूलाई साथी बनाउँछ, त्यसले केवल आफ्नो बाबुलाई लज्जित बनाउँछ।

Interlinear

Choose Theme