तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो उ जस्तै नै हुनेछे।”
Cross references
परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।”
तब नाओमी, रूथकी सासूले रूथलाई भनिन्, “मेरो छोरी, सम्भवत म तिम्रो निम्ति एक असल पति अनि घर पाउन सकूँ। त्यो तिम्रो निम्ति असल हुनेछ।
जसले पत्नी भेटूछ उसले उत्तम कुरो भेटूयो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।
एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेर सँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्।
विवाहको उमेर ढल्किन लागेकी आफ्नी कन्या प्रति मैले ठीक गरेको छैनँ भनी कसैले सोंच्न सक्ला र विवाह गरिदिनै पर्छ भन्ने सम्झानु सक्ला । त्यस अवस्थामा उसले जे चाहन्छ गरोस्। तिनीहरूलाई विवाह गर्न दिइयोस्। त्यो पाप होइन।
पुरुषले आफ्नो शिर ढाक्नु पर्दैन। किन? उ परमश्वरको प्रतिरूप हो उ परमेश्वरको महिमा हो। तर महिला पुरूषको महिमा हो।
स्त्रीहरूले शान्तपूर्वक र पूरा आज्ञाकारी भएर सिकून्।
त्यसरी नै तिमी पतिहरु आफ्ना पत्नीहरुसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरुले आफ्ना पत्नीहरु प्रति आदर जनाउनु पर्छ। तिनीहरु तिमीहरुभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरुका पत्नीहरुलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरुलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरु गर जसद्वारा कसैले पनि तिमीहरुको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।