Home Bibles हितोपदेश 15:18 · नेपाली बाइबल
हितोपदेश 15:18 · नेपाली बाइबल

एउटा क्रोधित मानिसले झगडा मच्चाउँछ तर सहनशील मानिसले झगडालाई शान्त गराउँछ।

Cross references

उत्पत्ति 13:8

यसर्थ अब्रामले लूतलाई भने, “हामीहरू सबै दाज्यू-भाइहरू हौ, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा हुनु हुँदैन।

न्यायकर्ता 8:1

एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?”

1 शमूएल 25:24

तिनको अनुहार दाऊदको अघि भूँइमा निहुराए र अबीगेलले भनिन्, “महाशय कृपया, मलाई केही भन्न दिनुहोस्। मैले भनेका कुरा सुनिदिनुहोस्। जे भयो त्यसका निम्ति मलाई दोषी ठहराउनुहोस्।

2 शमूएल 19:43

इस्राएलीहरूले जवाफ दिए, “दाऊदको राज्यको बाह्र भागमा दश भाग हामीसँग छ। यसैले तपाईंहरूको भन्दा बढता अधिकार हाम्रो छ। तर तिमीहरूले हामीलाई ध्यान दिएनौं किन? राजालाई ल्याउनु पर्छ भन्ने पहिलो मानिसहरू हामी नै थियौं।”तर यहूदाका मानिसहरूले इस्राएलीहरूलाई नराम्रो जवाफ दिए। यहूदाका मानिसहरूको वचनहरू ती इस्राएलीहरूको भन्दा ज्यादा कठोर थियौ।

हितोपदेश 10:12

घृणाले झगडा उत्पन्न गराउँछ, तर प्रेमले सबै अपराधहरूलाई क्षमा गर्छ।

हितोपदेश 14:29

धैर्यशील मानिसले धेरै विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसको प्रकोपमा पर्छ उसले धेरै मूर्खतापूर्ण कामहरू गर्छ।

हितोपदेश 15:1

नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।

हितोपदेश 16:28

एकजना झगडालु मानिसले सधैं बहसहरू सृजना गर्छ, अनि एकजना निन्दा गर्नेले घनिष्ट मित्रहरू बीच लडाइँ गराउँछ।

हितोपदेश 22:24

झट्टै रिसाउने मानिससित मित्रता नजोड। सितिमिति रिसाउने मानिससित संगत नगर।

हितोपदेश 25:15

धैर्यपूर्ण कुराले राजालाई शान्त गराउँछ नम्र बोली अत्यन्त शक्तिशाली हुन्छ।

हितोपदेश 26:21

जस्तो कोइलाले अंगारलाई अनि दाउराले ज्वालालाई चम्काउँछ त्यस्तै झगडालु मानिसले झगडा चम्काउँछ।

हितोपदेश 28:25

एकजना लोभि मानिसले झगडा उठाउँछ, तर जुन मानिसको परमप्रभुमाथि भरोसा छ उसले त उन्नति गर्छ।

हितोपदेश 29:22

क्रोधी मानिसले धेरै विवाद उठाउछ अनि क्रोध धेरै हुने मानिस धेरै पापहरूको अपराधी हुन्छ।

उपदेशक 10:4

मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।

मत्ती 5:9

धन्य शान्ति मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना पुत्र भन्नुहुनेछ।

प्रेरित 6:1

धरै भन्दा धेरै मानिसहरू येशूका चेला हुन थाले। तर त्यही अवधिमा, ग्रीक-भाषी चेलाहरूले यहूदी भाषी चेलाहरूको विरुद्ध नालिस गरे। तिनीहरूले दावी गरे कि तिनीहरूका विधवाहरूले दैनिक वितरणमा ठीक भाग पाइरहेका छैनन्।

याकूब 1:19

मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।

याकूब 3:14

यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन।

Interlinear

Choose Theme