Home Bibles न्यायकर्ता 8:1 · नेपाली बाइबल
न्यायकर्ता 8:1 · नेपाली बाइबल

एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?”

Cross references

न्यायकर्ता 12:1

एप्रैमका कुल समूहका मानिसहरूले तिनीहरूका समस्त सैनिकहरूलाई साथ बोलाए। त्यसपछि तिनीहरू नदी पारिको सापोन शहरमा गए। तिनीहरूले यिप्तहलाई भने, “तिमीले अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्दा हामीहरूलाई सहायताका निम्ति किन बोलाउनु भएन तपाईंलाई तपाईंको घर संगै जलाउने छौं।”

2 शमूएल 19:41

सबै इस्राएलीहरू राजा कहाँ आए, “हाम्रो दाज्यू-भाईहरू यहूदाका मानिसहरूले तपाईंलाई तपाइका सबै मानिसहरूसितै यर्दन नदी पारि गुप्तमा लिएर भागे। किन?”

2 शमूएल 19:42

यहूदाका सबै मानिसहरूले इस्राएलीहरूलाई जवाफ दिए, “कारण राजा हाम्रा नजिकका नातेदार हुन्। यसको निम्ति तिमीहरू किन रिसाउँछौ? हामीले राजाको खर्चमा खाना खाएका छैनौं। राजाले हामीलाई कुनै उपहार पनि दिएका छैनन्।”

अय्यूब 5:2

मूर्ख मानिसको क्रोधले उसलाई नै मार्नेछ। सरल मानिसको उग्र आवेशले उसलाई नै मार्नेछ।

हितोपदेश 15:1

नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।

उपदेशक 4:4

मैले फेरि सोचें, ‘मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।’ मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।

होशे 13:1

“एप्रैम आफैले इस्राएलमा आफूलाई महान बनायो। एप्रैम जब बोल्थ्यो मानिसहरू डरले थर-थर काम्थे। तर एप्रैमले पापकर्म गर्यो। उसले बाल देवताहरूको पूजा गर्न थाल्यो। त्यसैकारण मर्नेछ।

याकूब 4:5

के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।”

Interlinear

Choose Theme