एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो।
Cross references
उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाईहरूको बराबरमा जमीन दिनुहोस्।”
म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्ने अनुमति दिनेछु। म यसो यस कारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यरूशलेममा मेरोसम्म सँधै रहनेछ। यरूशलेमलाई मैंले आफ्नो शहर रोजेको थिएँ।
हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ। उसको आगो जल्न छाडनेछ।
तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ? प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ? कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ?
त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें। परमेश्वरले मलाई ठीक बाँच्ने बाटो देखाई दिनु भयो।
धर्मी मानिसहरूमा उज्यालो र खुशीयाली चम्कन्छ।
सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ। परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।
यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराप्छ भने उसको बत्ती राती अन्धकारको बीचमा निभ्ने छ।
किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्।-30-
ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।
अनि राजाले आफ्ना नोकहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दुखले रूवाबसी गर्दै र दाह्रा किट्दै बस्छन्।’
तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, ‘हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।’