Cross references
ती दुष्ट मानिस अंन्धकार देखि मुक्त हुनेछैन। उ त्यस्तो रूख सरह हुनेछ जसका पातहरू रोगबाट झर्छ। अनि बतासले सबै उडाई लैजाईनेछ।
आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।
तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ? प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ? कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ?
दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।
एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो।
यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराप्छ भने उसको बत्ती राती अन्धकारको बीचमा निभ्ने छ।
घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन प्रदीपको सलेदोको काम गर्छन्।
किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्।-30-
“हेर, तिमीहरू आफ्नो तरिकाले बाँच्न चाहन्छौ। तिमीहरूले आफ्नो हिसाबले आगो बाल्छौ र राँको सल्काउँछौ। यसकारण आफ्ना तरिकाले नै बाँच्छौ। तर, तिमीहरू दण्डित हुनेछौ। तिमीहरू आफैले बालेका आगो र राँकोमा झरेर स्वयंम जल्ने छौ। म त्यस्तो घट्ना घट्न दिनेछु।”