सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ। परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
Cross references
जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ, जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।
यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।
त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें। परमेश्वरले मलाई ठीक बाँच्ने बाटो देखाई दिनु भयो।
तिमीहरूका असल कार्यहरू र निर्मलता मध्य दिनको घाम झैं चम्कियोस्।
धर्मी मानिसहरूमा उज्यालो र खुशीयाली चम्कन्छ।
परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ। परमेश्वरको प्रेम अनन्त छ!
परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ। हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।
प्रत्येक कुरा परमप्रभुले गर्नुभएको धार्मिक अनि उचित छ। प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ भन्ने दर्शन्छ।
जो इमान्दार जीवन जीउछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।
ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।
यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका “सद्भावना” तिमीहरू कै समक्ष हिंडनेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ!
तिमीहरूले भोको मानिसहरूसँग दुख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दुख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ।
म लडेकेछु। तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ। म फेरि खडा हुनेछु। यद्यपि आज अँध्यारोमा बसेकोछु, परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।
“तर मेरो शिष्यहरूको निम्ति म धार्मिकताको सूर्य जस्तो चम्कनेछु, अनि यसले सूर्यको किरणले जस्तो फूर्ति ल्याउँछ। गोठबाट बाछा स्वतन्त्र भएझैं तिमीहरू स्वतन्त्र अनि खुशी हुनेछौ।
जस्तो तिम्रा पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन।
म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्न पर्दैन।
मैले दिनु भनेर तिमीहरूलाई आज्ञा गरिरहेको छैनँ। तर तिमीहरूको प्रेम सत्य प्रेम नै रहेछ कि भन्ने हेर्न खोज्दैछु। अरू मानिसहरूर मद्दत गर्न इच्छुक छन् भन्ने देखाउन मात्र म यी कुराहरू गर्छु।
आपसमा दयालू र कृपालु बन। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा दिए जस्तै तिमीहरूले पनि एक-अर्कालाई क्षमा देऊ।
प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ।
यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच।
परमेश्वरले तिमीहरूलाई छान्नुभयो र पवित्र बनाउनु भयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। यसर्थ तिमीहरूमा कोमल मायाहरू, दया, मनको नम्रता, दीनता अनि धैर्य हुनु पर्छ र धैर्यवान बन।
हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।
तिमीहरुलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरु जान्दछौ कि यदि सबै मानिसहरु जे धर्म हो त्यसलाई अनुसरण गर्छन, भने तिनीहरु परमेश्वरका बालकहरु हुन्।
प्यारा बालकहरु, कुनै व्यक्तिलाई पनि तिमीहरुलाई छल्न नपाओस। ख्रीष्ट र्धमिक हुनुहुन्छ ख्रीष्ट जस्तो बन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुसरण गर्नुपर्छ।
यसरी हामी चिन्न सक्छौं कि परमेश्वरका बालकहरु को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरु को हुन्। मानिसहरु जसले जे उचित छ त्यो गर्दैन, तिनीहरु परमेश्वरका बालकहरु होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।