Home Bibles हितोपदेश 10:26 · नेपाली बाइबल
हितोपदेश 10:26 · नेपाली बाइबल

जसले अल्छी मानिसलाई काम अह्राएर पठाउँछ उसलाई दाँतमा अमिलो सिरका परे झैं र आखाँमा धूवाँ लागे झैं हुन्छ।

Cross references

हितोपदेश 6:6

हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।

हितोपदेश 25:13

एक विश्वसनीय दूत संवाद पठाउने मानिसको निम्ति बाली भित्रयाउने समयको गरमदिनको शीतल पानी जस्तै हो उसले उसको मालिकको आत्मालाई पुनः ताजगी गराउँछ।

हितोपदेश 25:20

शोकाकुल मानिसको अघि खुशीयालीको गीत गाउनु जाडो लागेको समयमा कसैको शरीरको लुगा उतारि दिनु जस्तै हो। यो सोडामा सिर्का मिलाउनु जस्तो हो।

हितोपदेश 26:6

मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ।

यशैया 65:5

“तर ती मानिसहरूले अरूलाई भन्दछन, ‘मेरो नजिक नआऊ! मैले तिमीहरूलाई शुद्ध नपारूञ्जेलसम्म मलाई नछोऊ।’ ती मानिसहरू मेरो नाकको धूवाँ जस्तै छन्, अनि सब समय तिनीहरूको आगो बल्दछ।”

मत्ती 25:26

“मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे नोकर होस्। बिरूवा नरोपेको ठाउँमा बाली उठाउन आउने र बीरूवा नछरेको ठाउँमा अन्न बटुल्ने भनेर तैंले मलाई भनिस्। त्यसो भए।

रोमी 12:11

परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर।

हिब्रू 6:12

अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।

Interlinear

Choose Theme