Home Bibles हितोपदेश 25:20 · नेपाली बाइबल
हितोपदेश 25:20 · नेपाली बाइबल

शोकाकुल मानिसको अघि खुशीयालीको गीत गाउनु जाडो लागेको समयमा कसैको शरीरको लुगा उतारि दिनु जस्तै हो। यो सोडामा सिर्का मिलाउनु जस्तो हो।

Cross references

व्यवस्था 24:12

यदि मानिस गरीब छ भने उसले आफ्नो कोट बन्धकको रूपमा दिनु सक्छ जसले उसलाई तातो राख्छ। रातभरिको निम्ति तिमीले कोट धरौटी राख्नु हुँदैन।

अय्यूब 24:7

गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ। जाडोबाट जोगिंन तिनीहरूसित केही हुँदैन्।

भजनसंग्रह 137:3

बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने। तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने, तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने।

हितोपदेश 10:26

जसले अल्छी मानिसलाई काम अह्राएर पठाउँछ उसलाई दाँतमा अमिलो सिरका परे झैं र आखाँमा धूवाँ लागे झैं हुन्छ।

उपदेशक 3:4

कराउने र रूने एउटा समय हुन्छ अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ र नाच्ने र गाउने एउटा समय हुन्छ।

यशैया 58:7

म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”

दानियल 6:18

तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्।

रोमी 12:15

जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ।

याकूब 2:15

परमप्रभु ख्रीष्टमा विश्वास गर्ने भाइ वा बहिनीलाई बस्त्रहरू अनि भोजनको आवश्यक पर्न सक्छ।

याकूब 5:15

विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ।

Interlinear

Choose Theme