Home Bibles हितोपदेश 10:25 · नेपाली बाइबल
हितोपदेश 10:25 · नेपाली बाइबल

आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ।

Cross references

अय्यूब 17:9

तर इमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्। विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ।

अय्यूब 20:8

उ सपना जस्तो उडेर जानेछ अनि कसैले पनि उसलाई फेरि भेट्टाउने छैन। नराम्रा सपना जस्तो उसलाई जबरजस्ती भुलिनेछ।

अय्यूब 21:18

हावाले पराल उडाए जस्तै, तीब्र बतासले धानको भूसहरू उडाए जस्तै के परमेश्वरले दुष्टहरूलाई उडाई भगाउनु हुनेछ।

अय्यूब 27:19

दुष्ट मानिस सुत्न जाँदा धनी हुन सक्छ। तर जब ब्यूँझिन्छ उसले ती उसका सारा धनहरू हराएर हुनेछन्।

भजनसंग्रह 15:5

उसले कसैलाई ऋण दिन्छ तर ब्याज लिंदैन। अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन। यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने ऊ सदा परमेश्वरको नजिक हुनेछ।

भजनसंग्रह 37:9

किन? किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन् तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्, परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।

भजनसंग्रह 58:9

तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्।

भजनसंग्रह 58:10

जब दुष्ट मानिसले सजाय पाएको देख्छ तब धार्मिक मानिस खुशी हुन्छ। उ सबै शत्रुहरूलाई परास्त गर्ने सिपाही जस्तो हुनेछ।

भजनसंग्रह 73:18

परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।

भजनसंग्रह 125:1

मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। तिनीहरू सदा-सर्वदा रहनेछन्।

हितोपदेश 1:27

जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ। जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।

हितोपदेश 10:30

धर्मी व्याक्ति कहिले डग्मगाउदैन तर दुष्ट मानिसहरू पृथ्वीमा टिक्ने छैनन्।

हितोपदेश 12:3

दुष्टता द्वारा कसैलाई पनि सुरक्षित बनाउँनु सकिंदैन, तर धर्मी मानिसहरूको जरा उखाल्नु सकिंदैन।

हितोपदेश 12:7

दुष्ट मानिसहरूलाई नष्ट गरिन्छ अनि अस्तित्व रहित हुन्छ, तर धर्मी मानिसहरूको घर दृढतासाथ खडा रहन्छ।

यशैया 40:24

ती शासकहरू माटोमा रोपिएका बिरूवाहरू जस्ता छन् तर तिनीहरूले माटोमा जराहरू हाल्नु अधि नै परमेश्वरले “बिरूवाहरू” माथि फुक्नु भयो भने तिनीहरू सुक्खा र मृत हुन्छन अनि हावाले तिनीहरूलाई पराल झैं उडाइदिन्छ।

मत्ती 7:24

“हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ।

मत्ती 16:18

यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थ हुनेछैनन्।

एफिसी 2:20

तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ।

1 तिमोथी 6:19

त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।

2 तिमोथी 2:19

तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।”अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोडनु पर्छ।”

Interlinear

Choose Theme