Home Bibles भजनसंग्रह 58:9 · नेपाली बाइबल
भजनसंग्रह 58:9 · नेपाली बाइबल

तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्।

Cross references

गन्ती 16:30

तर यदि परमप्रभुले केही नयाँ कुरो गर्नुहुन्छ, अनि भूँईले मुख बाएर तिनीहरू र तिनीहरूकहाँ भएको सबै चीजहरू सहित तिनीहरू जीवित पुरिन्छन् भने तिमीहरूले जान्नेछौ कि यी मानिसहरूले परमप्रभुको अपमान गरे र उहाँलाई अति क्रोधित बनाए।”

अय्यूब 3:16

किन म आमाको गर्भमा नै तुइनँ? म त्यस्तो बालक हुन चाहन्थें जसले दिनको उज्यालो नै देख्न पाएन।

अय्यूब 18:18

मानिसहरूले उसलाई उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।

अय्यूब 20:5

आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।

अय्यूब 27:21

पूर्वको बतासले उसलाई उडाएर लैजानेछ, अनि उ सदालाई जाने छ, बतासले उसको घरबाट नै कसिंगर झैं उडाएर लैजाने छ।

भजनसंग्रह 10:2

घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्। अनि दिनहीन मानिसहरूलाई चोट पुर्याउँछन्।

भजनसंग्रह 10:5

दुष्ट मानिसहरूले सधैं नराम्रा कामहरू मात्र गर्दछन्। तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्, परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्।

भजनसंग्रह 55:23

हे परमेश्वर तपाईंको करार अनुसार, ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ, मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।

भजनसंग्रह 73:18

परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।

भजनसंग्रह 118:12

शत्रुहरूले मलाई त्यसरी घेरे जसरी भीर माउरीहरूले घेर्दछ। तर, तिनीहरू छिट्टै नाश भएर गए जसरी पराल एकै छिनमा जलेर जान्छ। मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पारें।

हितोपदेश 1:27

जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ। जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।

हितोपदेश 10:25

आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ।

हितोपदेश 14:32

एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ।

उपदेशक 7:6

मूर्खहरूको हाँसो त बेकार हुन्छ जस्तो काँढाको आगो बालेर भाँडा तताउँछ।

यशैया 17:13

अनि मानिसहरू ती छालहरू जस्तै हुनेछन्। परमेश्वरले तिनीहरूलाई हकारेर बोल्नु हुनेछ अनि तिनीहरू टाढा भाग्नेछन् मानिसहरू बतासले खेद्‌दै उडाई लैजाने भुस जस्ता हुने छन्। मानिसहरू हुरीले उखेलेर उडाउने जङ्गली झारहरू जस्तै हुनेछन हुरी चल्नेछ र जङ्गली झारहरू उडाई लानेछ।

यशैया 40:24

ती शासकहरू माटोमा रोपिएका बिरूवाहरू जस्ता छन् तर तिनीहरूले माटोमा जराहरू हाल्नु अधि नै परमेश्वरले “बिरूवाहरू” माथि फुक्नु भयो भने तिनीहरू सुक्खा र मृत हुन्छन अनि हावाले तिनीहरूलाई पराल झैं उडाइदिन्छ।

यर्मिया 23:19

अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ। परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ। यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ।

Interlinear

Choose Theme