Home Bibles ओबदिया 1:18 · नेपाली बाइबल
ओबदिया 1:18 · नेपाली बाइबल

याकूबको कुल बल्दै गरेको आगो जस्तै हुनेछ। यूसुफको घर आगोको ज्वाला जस्तै हुनेछ। तर एसावको देश चाँहि अँगार जस्तै हुनेछ। यहूदाका मानिसहरूले एदोमको मानिसहरूलाई नष्ट पार्नेछन्। एसावको राष्ट्रमा कोही पनि बाँच्नेछैन।” किनभने परमप्रभु परमेश्वरले यसो भन्नु भएकोछ।

Cross references

प्रस्थान 5:12

यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशमा प्रत्येक ठाउँमा गए।

2 शमूएल 19:20

मलाई थाहा छ मैले पाप गरें। यही कारणले यूसुफ परिवारबाट तपाईंलाई भेटूने म पहिलो व्यक्ति हुँ, मेरा मालिक राजा।”

भजनसंग्रह 83:6

ती शत्रुहरू हामीसँग लडनलाई एकजुट भएका छन् प्रदोम, इश्माएली मानिसहरू,

यशैया 5:24

तिनीहरूमाथि नराम्रा घट्नाहरू घट्नेवाला छ। तिनीहरूका भावी सन्तानहरू पराल र पातहरू आगोले जले जस्तो पूर्णरूपले ध्वंस हुनेछन्। तिनीहरूका भावी सन्तानहरू जरैसित मर्नेछन् र धुलो हुनेछन्। तिनीहरूका भावी सन्तानहरू आगोले फूल जलाएर ध्वस्त गरे जस्तो नष्ट हुनेछन् औ खरानी हावामा उडेर जानेछ।ती मानिसहरूले सेनाहरूका परमप्रभुको व्यवस्थालाई पालन गर्न अस्वीकार गर्नेछन्। ती मानिसहरूले इस्राएलका परमपवित्रको सुसमचारलाई निन्दा गरे।

यशैया 10:17

इस्राएलको ज्योति त्यस्तै एक आगो हो। त्यही परमपवित्र मात्र आगोका ज्वाला स्वरूप हुनुहुन्छ। उहाँ आगो जस्तै हुनुहुन्छ जसले पहिले सिउँडीहरू र काँढाहरू जलाउँछ।

यशैया 31:9

तिनीहरूका सुरक्षाको ठाउँ ध्वंस हुने छ। तिनीहरूका अगुवाहरू पराजित हुनेछन् र झन्डा छाडेर भाग्नेछन्।परमप्रभुले यी सबै कुराहरू भनी सक्नु भयो। परमप्रभुको अग्नि स्थान सियोनमाथि छ। परमप्रभुको सियोन र भट्टी यरूशलेम हो।

यशैया 47:14

“तर ती मानिसहरूले आफैलाई सम्म बचाउन सक्तैन। तिनीहरू पराल जस्तो जल्नेछन्। तिनीहरू यति चाँडो जल्नेछन कि कसैलाई तातो पार्न कोइला सम्म रहने छैन।

इजकिएल 37:16

“हे मानिसको छोरा! एउटा लौरो ल्याऊ अनि त्यसमा यो वचन लेख ‘यो लौरो यहूदा अनि त्यसको मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ त्यसपछि अर्को लौरो ल्याऊ अनि त्यसमा, ‘एप्रैमको यो लौरो, यूसुफ अनि त्यस मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’

इजकिएल 37:19

तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक भन्नु हुन्छ, ‘म यूसुफको लौरो लिन्छु जुन इस्राएलको मानिसहरूको हो, जो एप्रैम अनि उसको मित्रको हातमा छ। त्यसपछि म त्यो लौरो यहूदाको लौरोसित राख्छु अनि त्यसलाई एउटै लौरो बनाउँछु। मेरो हातमा त्यो एउटा लौरो हुनेछ।’

योएल 2:5

तिनीहरुलाई सुन! तिनीहरुको ध्वनि युद्घको समयमा रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ। त्यो आवज भुस जलेर निस्केको आगोको ज्वाला जस्तै छ। एक हुल शक्तिशाली मानिसहरु युद्घका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ।

आमोस 5:15

खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। न्यायलयमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले यूसुफको कुलमा बाँचेकामानिसहरुलाई राम्रो गर्नुहुनेछ।

आमोस 6:6

तिमीहरु सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ। तिमीहरु उच्चस्तरीय तेलले आफु मालिस गर्छौ। अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि यूसुफ कोपरिवार नष्ट गरिदैछ भन्ने।

ओबदिया 1:9

त्यस समय तेमान, तिम्रो शक्तिशाली मानिसहरू डराउँने छन्। अनि एसाव पहाडको प्रत्येक मानिस नष्ट हुनेछन्।

ओबदिया 1:16

किनकि जसरी तिमीले पवित्र पहाडमा दाखरस पिएर खुशी मनायौ, त्यसरी नै सबै अन्य जातिहरूले निरन्तर मेरो दण्ड पिउँनेछन् अनि उनीहरू सबै लोप भएर जानेछन्।

मीका 5:8

अनि याकूबका बाँकि रहेकाहरु चाँहि धेरै जनताको बीचमा जङ्गलका पशुहरुका बीचमा सिंह र जीव-जन्तुहरुको बिच सिंहको बच्चा जस्तै हुनेछन् जो तिनका बीचमा कुल्चँदै र तिनीहरुलाई टुक्रा पार्दै जानेछन्, र बचाउँने कोही पनि हुनेछैन।

नहूम 1:10

भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरु जस्तै तिमीहरु ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरु जस्तै तिमी झट्टै ध्वंश हुनेछौ।

जकरिया 12:6

त्यस समयमा यहूदाका परिवारलाई जंङ्गलमा लागि रहेको डढेलो जस्तै बनाउँनेछु, मुठ्ठाहरूको बीचमा बल्दै गरेको राँकोहरू जस्तै तिनीहरूले चारैतिरका शत्रुहरूलाई नष्ट गर्नेछन् अनि यरूशलेमका बासिन्दाहरू फेरि बस्ने अनि आराम गर्ने स्थितिमा हुनेछन्।

1 कोरिन्थी 3:12

त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ।

Interlinear

Choose Theme