लेवीहरूले नुहाएर तिनीहरूको लुगाहरू धोए, हारूनले तिनीहरूलाई परमप्रभुको अघि विशेष उपहार स्वरूपमा अर्पण गरे अनि लेवीहरूका निम्ति प्रायश्चित गराएर तिनीहरूलाई सफा बनाए।
Cross references
शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ।
“याद राख, मैले लेवीहरूलाई इस्राएलका पहिले जन्मने मानिसहरूको सट्टामा लिएको छु। यसकारण लेवीहरू मेरा हुन् र इस्राएलका पहिले जन्मने छोराहरू मलाई दिनु पर्दैन।
तिनीहरूलाई शुद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शुद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शुद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काटुन् अनि आफ्नो लुगाहरू धुऊन् र तिनीहरू यसरी शुद्ध हुन्छन्।
हारूनले लेवीहरूलाई परमप्रभु अघि इस्राएलका मानिसहरूको विशेष उपहारको रूपमा अर्पण गर्छन् अनि तिनीहरूले परमेश्वरका सेवा गर्नेछन्।
“तिमीले तिनीहरूलाई शुद्ध पारेर विशेष उपहार स्वरूप अर्पण गरे पछि तिनीहरू भेट हुने पालमा सेवा गर्न उपयुक्त हुनेछन्।
तेस्रो दिनमा त्यो व्यक्तिले आफैंलाई त्यही पानीले शुद्ध पार्ने छ र सातौं दिनमा उ शुद्ध हुनेछ। तर यदि व्यक्तिहरू तिनीहरू आफैं तेस्रो दिनमा शुद्ध भएन भने, तब सातौं दिनमा पनि शुद्ध हुनेछैन।
“त्यस शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि तेस्रो र सातौं दिन छर्किनु पर्छ। यस प्रकार उसले अशुद्ध मानिसहरूलाई सातौं दिनमा शुद्ध बनाउँछ। त्यो अशुद्ध मानिसले लुगा धोओस अनि पानीमा नुहाओस् र साँझ सम्म अशुद्ध रहन्छ।