Home Bibles गन्ती 1:47 · नेपाली बाइबल
गन्ती 1:47 · नेपाली बाइबल

लेवी कुल समूहका परिवारका मानिसहरूको गणना इस्राएलका अन्य मानिसहरूसित गरिएन।

Cross references

गन्ती 1:3

हारून र तिमीले बीस वर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर।

गन्ती 1:50

तर तिमीले लेवीहरूलाई करारको पवित्र पाल र यसका सबै वस्तुहरू हेरचाह गर्नुका निम्ति नियुक्त गर्यौ। तिनीहरूले पवित्र पाल र यसका सबै वस्तुहरू बोक्नु पर्छ। अनि तिनीहरूले पवित्र पालको सेवा गर्नुपर्छ र तिनीहरूले उनीहरूको छाउनी यसकै वरिपरि बनाउनु पर्छ।

गन्ती 2:33

परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन।

गन्ती 3:1

परमप्रभुले सीनै पर्वतमा मोशासंग कुरा गर्नुहुँदा हारून र मोशाको परिवारको विवरण यस्तो थियो।

गन्ती 8:1

परमप्रभुले मोशालाई भन्नुभयो,

गन्ती 26:57

कुलसमूह अनुसार गन्ती गरिएका लेवीकुलका कुलसमूहहरू यिनीहरू नै हुन्।गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह कहातबाट कहातीहरूको कुलसमूह मरारीबाट मरारीहरूको कुलसमूह भए।

गन्ती 26:62

एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या 23,000 थियो। तिनीहरू मानिसहरूसित गनिएनन कारण तिनीहरूले इस्राएलका मानिसहरूसित भूमिमा अंश पाएनन्।

1 इतिहास 6:1

लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।

1 इतिहास 21:6

योआबले लेवी अनि बिन्यामीनका कुल समूहहरूको गिन्ती लिएनन्। योआबले ती अनि परिवार समूहहरूको गणना गरेनन् किनभने तिनलाई दाऊदको आदेश मनपरेन।

Interlinear

Choose Theme