Home Bibles गन्ती 7:9 · नेपाली बाइबल
गन्ती 7:9 · नेपाली बाइबल

कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो।

Cross references

गन्ती 3:31

तिनीहरूको कामहरू पवित्र सन्दूक, टेबल, सामदान, वेदीहरू र पवित्र स्थानको पवित्र भाँडाहरू अनि पर्दा र पर्दासंग सम्बन्धित सबै कुराहरूको हेरचाह गर्नु थियो।

गन्ती 4:4

कहातीहरूको काम भेट हुने पालमा सब भन्दा पवित्र चीजहरूको हेरचाहा गर्नु हो।

गन्ती 4:15

“जब हारून र तिनका छोराहरूले पवित्र सर-सामानहरू छोपिदिन सक्छन् तब कहाती वंशका मानिसहरूले त्यस समानहरू बोक्न शुरू गर्न सक्छन् र यसरी तिनीहरूले पवित्रस्थान स्पर्श गर्ने छैनन् नत्र तिनीहरू मर्नेछन्। भेट हुने पालको सबै सर-समानहरू कहातीहरूले नै बोकुन्।

2 शमूएल 6:3

पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।

2 शमूएल 6:6

जब दाऊदका मानिसहरू नाकोन खलामा आइपुगे। गाडा तान्ने ठेस् खाए। गाडामा पवित्र सन्दूक हुत्तिएर झण्डै लड्यो। तत्कालै, उज्जाले पवित्र सन्दूकलाई लडनदेखि रक्षा गरे।

2 शमूएल 6:13

जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँढे र मोटो बाछा बलि चढाए।

1 इतिहास 15:3

दाऊदले इस्राएलका सबै मानिसहरूलाई यरूशलेममा एकसाथ भेट्नु भने जब लेवीहरूले करारको सन्दूकलाई बोकेर तिनले यसको निम्ति बनाएको स्थान मा ल्याउने छन्।

1 इतिहास 15:13

अघिल्लो पल्ट करारको सन्दूक कसरी बोक्नु पर्ने भनी हामीले परमप्रभुलाई सोधेनौं। तिमी लेवीहरूले त्यो बोकेनौ अनि त्यसै कारण परमप्रभुले हामीलाई दण्ड दिनुभयो।”

1 इतिहास 23:26

यसर्थ लेवीहरूले पवित्र पाल वा सेवामा प्रयोगगरिने कुनै पनि सामग्री बोक्नु पर्नेछैन।”

Interlinear

Choose Theme