Home Bibles ☰ Books 2 शमूएल 6:13 · नेपाली बाइबल
2 शमूएल 6:13 · नेपाली बाइबल

जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँढे र मोटो बाछा बलि चढाए।

Cross references

गन्ती 4:15

“जब हारून र तिनका छोराहरूले पवित्र सर-सामानहरू छोपिदिन सक्छन् तब कहाती वंशका मानिसहरूले त्यस समानहरू बोक्न शुरू गर्न सक्छन् र यसरी तिनीहरूले पवित्रस्थान स्पर्श गर्ने छैनन् नत्र तिनीहरू मर्नेछन्। भेट हुने पालको सबै सर-समानहरू कहातीहरूले नै बोकुन्।

गन्ती 7:9

कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो।

यहोशू 3:3

अगुवाहरूले मानिसहरूलाई आज्ञा दिए। तिनीहरूले भने, “तिमीहरूले पूजाहारी अनि लेवीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरको करारको सन्दूक बोकेका देख्ने छौ त्यसबेला तिमीहरू तिनीहरूको पछि लाग्नु पर्छ।

1 राजा 8:5

राजा सुलेमान अनि इस्राएलका सारा समुदाय करारको सम्झौता सन्दूक अघि भेला भए। तिनीहरूले धेरै बलिहरू चढाए। तिनीहरूले यति धेरै भेडाहरू अनि पशुहरू मारे, कुनै मानिसले गन्ती गर्न सकेन।

1 इतिहास 15:2

तब दाऊदले भने, “लेवीहरूलाई मात्र करारको सन्दूक बोक्ने अनुमति छ। किनभने तिनीहरू हुन् जसलाई परमप्रभुले करारको सन्दूक बोक्न अनि सदा सर्वदा उहाँको सेवा गर्नका निम्ति छान्नु भएको थियो।”

1 इतिहास 15:15

लेवीहरूले मोशाले आदेश गरे झैं करारको सन्दूकलाई आफ्ना काँधमा बोक्नमा निम्ति विशेष डन्डा प्रयोग गरे। तिनीहरूले करारको सन्दूक परमप्रभुले भन्नु भए अनुसार बोके।

1 इतिहास 15:25

दाऊद, इस्राएलका बूढा-प्रधानहरू अनि सेनाका कप्तानहरू करारको सन्दूक लिन गए। तिनीहरूले त्यसलाई ओबेद एदोमको घर बाहिर निकाले। प्रत्येक व्यक्ति खुशी थिए।

2 इतिहास 5:6

राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले करारको सन्दूक अघि भेटे। राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले भेडा अनि गोरूहरूका बलि चढाए। भेंडा अनि गोरूहरू यति विघ्नथिए कि कुनै व्यक्तिले ती गिन्ती गर्न सकेनन्।

Interlinear

Choose Theme