दाऊदले इस्राएलका सबै मानिसहरूलाई यरूशलेममा एकसाथ भेट्नु भने जब लेवीहरूले करारको सन्दूकलाई बोकेर तिनले यसको निम्ति बनाएको स्थान मा ल्याउने छन्।
Cross references
यसर्थ मोशाले आज्ञा दिए अनुसार भेट हुने पालअघि तिनीहरूले चीजहरू ल्याए। सम्पूर्ण मानिसहरू परमप्रभुअघि आएर उभिए।
पछि मानिसहरूले दाऊदलाई भने, “परमप्रभुले ओबेद-एदोमका परिवारालाई आशीर्वाद दिनुभएको छ किनभने उसले परमप्रभुको पवित्र सन्दूकलाई उसको घरमा राखेकोछ।” तब दाऊद गए र परमेश्वरको पवित्र सन्दूकलाई खुशी अनि आनन्दको साथमा ओबेद-एदोमको घरबाट माथि ल्याए।
दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।
त्यसपछि राजा सुलेमानले इस्राएलका बूढा-प्रधानहरू, विभिन्न कुल-वंशका प्रमुखहरू, र इस्राएलका कुल-वंशहरूका अगुवाहरूलाई बोलाए। उनले तिनीहरूलाई यरूशलेममा आउने आदेश दिए। सुलेमानले परमप्रभुको करारको सन्दूकलाई दाऊदको शहरबाट जसलाई सियोन पनि भनिन्थ्यो, ल्याउन चाहन्थे।
तब दाऊदले इस्राएली मानिहसहरूलाई एक साथ बोलाए। तिनले उनीहरूलाई भने, “यदि तिमीहरूले राम्रो विचार हो भन्ने सम्झन्छौ भने, अनि यदि परमप्रभु यही चाहनुहुन्छ इस्राएलका सबै क्षेत्रमा हाम्रा दाज्यू-भाईहरूलाई हामी सन्देश पठाऔं साथै पूजाहारीहरू अनि लेवीहरू कहाँ पनि सन्देश पठाऔं जो हाम्रा दाज्यू-भाईहरूसित आफ्ना शहरहरू र ती शहर नजिकका खेतहरूमा बस्छन्। सन्देशमा तिनीहरूलाई आउनु अनि हाम्रो साथ रहनु भनियोस्।
यसर्थ दाऊदले मिश्रदेशको शिहोर नदी देखि लेबो हमात शहर सम्मका सबै इस्राएलका मानिसहरूलाई भेला गरे। करारको सन्दूकलाई किर्यत-यारीमबाट फर्काई ल्याउँदा तिनीहरू साथमा आए।
दाऊदले आपने निम्ति दाऊदशहरमा राजमहलहरू बनाए। तब तिनले करारको सन्दूक राख्नलाई एउटा स्थान बनाए। तिनले त्यसका निम्ति पाल टाँगे।
दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ।
लेवीहरूले करारको सन्दूक ल्याए अनि त्यसलाई दाऊदले टाँगेको पालभित्र राखे। त्यस पछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि अर्पण गरे।
सुलेमानले इस्राएलका सबै मानिसहरूसित कुरा-कानी गरे। तिनले सेनाका नायकहरू, सेना अध्यक्षहरू, न्यायकर्त्ताहरू सम्पूर्ण इस्राएलका अगुवाहरू अनि परिवारहरूका मुखियाहरूसित कुरा-कानी गरे।
दाऊदले परमेश्वरको करारको सन्दूक किर्यात-यारीमदेखि बोकेर यरूशलेममा ल्याएका थिए। यसलाई राख्नका निम्ति दाऊदले यरूशलेममा एक स्थान बनाएका थिए। दाऊदले परमेश्वरको करारको सन्दूकको निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए।
सुलेमानले इस्राएलका सबै अग्रज अनि कुल समूहका प्रधानहरूलाई यरूशलेममा एक साथ भेट गर्ने आदेश दिए। (यी मानिसहरू इस्राएलका परिवारहरूका प्रधानहरूका प्रमुखहरू थिए।) सुलेमानले यसो गरे जसमा कि लेवीहरूले परमप्रभुको करारको सन्दूक दाऊदको शहर सियोनबाट मन्दिर सम्म ल्याउन सकोस्।