त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हरून उसका छोरीहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो।
Cross references
“तिम्रो दाज्यू हारूनको निम्ति विशेष पोशाक बनाऊ। यी पोशाकहरूले उसलाई सम्मान र आदर दिनेछन्।
न्यायको थैली कुण्डल र एपोदको कुण्डल बाँध्न निलो डोरीको प्रयोग गर। यसरी न्यायको थैली पेटी नजिक रहन्छ र एपोदसित बाँध।
पूजाहारी हारूनको निम्ति विशेष पोशाकहरू, हारूनका छोराहरू जब पूजाहारी भई सेवा गर्छन, तिनीहरूको निम्ति विशेष पोशाकहरू।
पूजाहारीहरूले पवित्र स्थानमा सेवा गर्दा लगाउने विशेष लुगाहरू बनाउदा ती चित्रकारहरूले निलो, बैजनी अनि राता धागोको प्रयोग गरे। परमप्रभुले मोशालाई आज्ञाहरू दिए अनुसार तिनीहरूले हारूनको निम्ति विशेष लुगाहरू बनाए।