गन्ती 35:3 · नेपाली बाइबल
लेवीहरू ती शहरहरूमा बस्नेछन् तथा ती गौचर भूमिमा आफ्नो गाई-वस्तुहरू चर्नेछन्।
Cross references
यहोशू 21:11
लेवीहरूलाई तिनीहरूले दिए किर्यत-अर्बा (यो हेब्रोन हो। यसको नाउँ अर्बानामको मानिसको नाउँबाट राखिएको थियो। अर्बा अनाकका पिता थिए।) तिनीहरूका पशुहरूका निम्ति पनि कहातीहरूले शहर छेऊका केही भूमि तिनीहरूलाई दिए।
2 इतिहास 11:14
लेवीहरूले आफ्ना भूमि र तिनीहरूका आफ्नै खेतहरू छोडे अनि यहूदा र यरूशलेममा आए। लेवीहरूले यसो गरे किनभने यारोबाम अनि तिनका छोराहरूले परमप्रभुको सेवकको रूपमा तिनीहरूलाई सेवा गर्न दिन अस्वीकार गरेका थिए।
इजकिएल 45:2
पाँच सय हात वर्गाकार क्षेत्र मन्दिरको निम्ति हुन्छ। मन्दिरको चारैतिर पचास हात चौडाको एउटा खुला क्षेत्र हुनेछ।