Home Bibles यहोशू 21:11 · नेपाली बाइबल
यहोशू 21:11 · नेपाली बाइबल

लेवीहरूलाई तिनीहरूले दिए किर्यत-अर्बा (यो हेब्रोन हो। यसको नाउँ अर्बानामको मानिसको नाउँबाट राखिएको थियो। अर्बा अनाकका पिता थिए।) तिनीहरूका पशुहरूका निम्ति पनि कहातीहरूले शहर छेऊका केही भूमि तिनीहरूलाई दिए।

Cross references

उत्पत्ति 23:2

अनि कनान देशको किर्यतअर्बा (हेब्रोन) शहरमा मरिन्। अब्राहाम आफ्नी पत्नीको मृत्युमा दुःखी भए अनि उनको निम्ति रोए।

उत्पत्ति 35:27

याकूब आफ्ना बुबा इसहाककहाँ किर्यतर्बा (हेब्रोन)मा गए। यो त्यही ठाउँ हो जहाँ अब्राहाम र इसहाकले बसो-बास गरेका थिए।

यहोशू 14:15

पहिले त्यो शहरलाई कितर्यर्बा भनिन्थ्यो। शहरको नाउँ अनाकी मानिसहरू मध्ये सबै भन्दा महान मानिस अर्बाको नाउँमा राखिएको थियो। त्यसपछि, त्यो भूमिमा शान्ति छायो।यहूदाका निम्ति भूमि

यहोशू 15:13

यहोशूले युपन्नेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झैं नै दिए। तिनले अर्बा किर्यार्वाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए।

यहोशू 15:54

हुम्ता, किर्यतर्बा (हेब्रोन) अनि सीओर। त्यहाँ नौंवटा शहरहरू र ती वरिपरिका सबै खेतहरू थिए।

यहोशू 20:7

यसर्थ इस्राएलका मानिसहरूले “शरणस्थान-शहरहरू” घोषणा गर्नको निम्ति केही शहरहरू चुने। ती शहरहरू थिएः गालीलमा नप्तालीको पहाडी देश कादेश एप्रैमको पहाडी देश शकेममा।यहूदाको पहाडी देशमा किर्यतर्बा (हेब्रोन)।

न्यायकर्ता 1:10

तब यहूदाका मानिसहरू कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ कियर्त अर्बा थियो) यहूदाका मानिसहरूले शेसै, अहीमन अनि तल्मै नाउँका मानिसहरूलाई पराजित गरे।

2 शमूएल 2:1

पछि दाऊदले परमप्रभुसँग सल्लाह मागे। दाऊदले भने, “के म यहूदाको कुनै शहरमा जाऊँ?”परमप्रभुले दाऊदलाई भन्नु भो, “हो जाऊ।”दाऊदले भने, “त्यसो हो भने म कहाँ जाऊँ।”परमप्रभुले भन्नु भो, “हेब्रोनतर्फ।”

2 शमूएल 5:1

त्यसपछि इस्राएलका सबै परिवार समूहहरू हेब्रोनमा दाऊदलाई भेटून आए। तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, तपाईं र हामी एउटै परिवारका हौ!

2 शमूएल 15:7

चार वर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गरी मलाई मैले हेब्रोनको परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गर्न जान दिनुहोस्।

1 इतिहास 6:55

तिनीहरूलाई हेब्रोन शहर अनि त्यसका वरीपरिका खेतहरू दिइएका थिए। यो यहूदाको प्रान्तमा थियो।

लूका 1:39

लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हत्तारिएर गइन्।

Interlinear

Choose Theme