इजकिएल 45:2 · नेपाली बाइबल
पाँच सय हात वर्गाकार क्षेत्र मन्दिरको निम्ति हुन्छ। मन्दिरको चारैतिर पचास हात चौडाको एउटा खुला क्षेत्र हुनेछ।
Cross references
इजकिएल 27:28
तिमीले आफ्नो व्यापारीहरूलाई धेरै टाढो पठायौ जब तिनीहरूले तिम्रो नाविकहरू चिच्याएको सुन्छन ती भूमिहरू डरले काम्नेछ!
इजकिएल 42:15
त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चारैतिर नाप्यो।
इजकिएल 42:16
त्यस मानिसले टाँगोले पूर्वपट्टि नाप्यो। यो पाँच सय हात लामो थियो।
इजकिएल 42:20
उसले मन्दिरको चारै पट्टि नाप्यो। त्यो भित्ता चारैतिर गएको थियो। भित्ता पाँच सय हात लामो अनि पाँच सय हात चौडाको थियो। यसले पवित्र क्षेत्रलाई अपवित्र क्षेत्रबाट अलग राखेको थियो।
इजकिएल 43:21
तिमीले बाछालाई पापबलिको रूपमा लिनेछौ। गोरू पवित्र क्षेत्र बाहिर, मन्दिरको विशेष स्थानमा पालिनेछ।