अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए।
Cross references
पचास वर्ष अथवा त्यो भन्दा अधिक उमेरका मानिसहरूले भेट हुने पालको सेवा कार्यमा तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्नु सक्छन्। तर तिनीहरूले भारी काम गर्नु हुँदैन। यस्तो प्रकारले तिमी लेवीहरूलाई काममा खटाउनु पर्छ।”
उनले चाँदी र सुन परमप्रभुको मन्दिरको भण्डारमा थन्काए।
शीशकले परमप्रभुको मन्दिर र राजाको महलबाट ढिकुटि लगे। तिनीहरूले सुनका ढालहरू पनि लगे, जो सुलेमानले बनाएका थिए।
यसकारण आसाले परमप्रभुको मन्दिर अनि राजाको महलबाट सबै चाँदी र सुन निकाले। उनले सुन-चाँदी आफ्ना सेवकहरूलाई दिए अनि तिनीहरूलाई अरामका राजा बेनहदद कहाँपठाए। बेनहदद तब्रिमोनका छोरा थिए। तब्रिमोन हेज्योनका छोरा थिए। दमिश्क बेनहददको राजधानी शहर थियो।
चारजना द्वारपालेहरू थिए जो सबै द्वारपालेहरूका प्रधान थिए। तिनीहरू लेवी समूदायका मानिसहरू थिए। तिनीहरूको काम परमेश्वरको मन्दिरका कोठाहरू अनि कोषहरूको हेरचाह गर्नु थियो।
केही द्वारपालकहरूको काम मन्दिरको सेवाहरूमा चलाईने थालहरूको हेरचाह गर्नु थियो। तिनीहरूले यी थालहरू गिन्ति गर्थे जब ति ल्याइन्थे। तिनीहरूले पछि पनि ती थालहरू गिन्ति गर्थे जब ति बाहिर लगिन्थे।
दाऊदले ती वस्तुहरूलाई पवित्र तुल्याए र परमप्रभुलाई चढाए। दाऊदले एदोम, मोआब, अम्मोनीहरू, पलिश्तीहरू अनि अमालेकीहरूबाट ल्याएका सबै चाँदी अनि सुन पनि त्यसै गरे।
दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोख्न पनि नसकिने मात्रामा प्रचुर काँसा ल्याए।
“सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडासुन दिएको छु। अनि लगभग दश लाख तोडाचाँदी दिएको छु। मैले यतिबिघ्न काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिंदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैंले त्यस माथि थप्न सक्छस्।
यहीएलीका छोराहरू जेताम अनि जेतामको भाइ योएल थिए। तिनीहरूले परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मा लिएका थिए।
शबूएल परमप्रभुको मन्दिरका मूल्यवान बस्तुहरूको जिम्मेवार प्रधान थिए। शूबाएल गेर्शोमका छोरा थिए। गेर्शोम मोशाका छोरा थिए।
यी शलोमीत र तिनका आफन्तहरू दाऊदले संग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए। सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए।
दाऊदले मन्दिरका सबै अंशका योजनाहरू बनाएका थिए। दाऊदले ती योजनाहरू सुलेमानलाई दिए। दाऊदले तिनलाई परमप्रभुको मन्दिर वरिपरिका आँगान अनि त्यस वरिपरिका सबै कोठाहरूका योजनाहरू दिए। दाऊदले तिनलाई मन्दिरको भण्डार कक्षहरू अनि ती भण्डार कक्षहरू जहाँ मन्दिरमा प्रयोग गरिने पवित्र वस्तुहरू राख्थे त्यसका योजनाहरू दिए।
मैले परमेश्वरको मन्दिर निर्माणका निम्ति योजना बनाउन मैले मेरो पूर्ण शक्ति लगाएको छु। सुनका वस्तुहरू बनाउनुका निम्ति मैले सुन दिएको छु। चाँदीका चीज-बीजहरू बनाउनुका निम्ति मैले चाँदी दिएको छु। काँसाका सामग्रीहरू बनाउनुका निम्ति मैले काँसा दिएको छु। फलामका वस्तुहरू बनाउनुका निम्ति मैले फलाम दिएको छु। काठका सामग्रीहरू बनाउनुका निम्ति मैले काठ दिएको छु। मैले जोडने स्थानका निम्ति गोमेदक रत्न, अलंकृत ईटे, सबै प्रकारका भिन्न-भिन्न रङ्गका बहुमूल्य रत्नहरू र सेतो संग मर्मरहरू पनि दिएको छु। मैले परमप्रभुको मन्दिरको निम्ति यस्ता धेरै-धेरै चीज-बीजहरू दिएको छु।
इस्राएलका मानिसहरूले पूजाहारी अनि लेवीहरू प्रति सुलेमानले दिएको कुनै पनि निर्देशनहरू परिवर्तन गरेनन्, अवज्ञा पनि गरेनन्। तिनीहरूले कुनै पनि निर्देशनहरू यहाँसम्म कि तिनीहरूले मूल्यावान चीजहरू राख्नु पर्ने तरिका समेत केही परिवर्त्तन गरेनन्।
तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो।
तब पूजाहारीहरूले भेटीहरू, दशौं अंशहरू अनि अन्य चीज-बीजहरू ल्याए जो केवल परमप्रभुलाई अर्पण गर्नु पर्ने थियो। संग्रह गरिएका ती सबै चीज बीजहरूलाई मन्दिरमा भण्डार कक्षहरूमा राखियो। लेवी कोनन्याह ती सबै चीजहरूका जिम्मावार रहे जो संग्रह गरिएका थिए। ती चीजहरूका दोस्रो जिम्मावार व्यक्ति शिमी थिए। शिमी कोनन्याहका भाइ थिए।
तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलोग्राम सुन, 3,000 किलोग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।
तब मैले ती बाह्र पूजाहारीहरूलाई भने, “तिमीहरू अनि यी चीजहरू परमप्रभुको निम्ति पवित्र छौ। मानिहरूले तिमीहरूका पिता-पुर्खाका परमेश्वरलाई सुन र चाँदीहरू दिए।
त्यस समय मानिसहरूले अगौटे फलहरूको भेटी अनि दशौं अंशको जम्मा गर्ने कोठाका अधिकारीहरू नियुक्त गरे। यो कुरा शहरका जमीनहरूबाट जम्मा गरियो। व्यवस्थामा भने झैं यी कुराहरू पूजाहारीहरू अनि लेवीहरूलाई दिइने छन्। किनभने यहूदाका मानिसहरूले पूजाहारी र लेवीहरूसित मन्दिरमा सेवागरेको निम्ति धन्यवादी थिए।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश भाग मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएरआऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्बाद दिनेछु। तिमीहरूसंग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन्जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ।