Home Bibles 1 इतिहास 9:14 · नेपाली बाइबल
1 इतिहास 9:14 · नेपाली बाइबल

यी लेवी कुल समूहका मानिसहरू हुन जो यरूशलेममा बस्थे यश्शूबका छोरा, शमायाह। यश्शूब अज्रीकामका छोरा थिए। अज्रीकाम हशब्याहका छोरा थिए। हशब्याह मररीका सन्तान थिए।

Cross references

गन्ती 26:57

कुलसमूह अनुसार गन्ती गरिएका लेवीकुलका कुलसमूहहरू यिनीहरू नै हुन्।गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह कहातबाट कहातीहरूको कुलसमूह मरारीबाट मरारीहरूको कुलसमूह भए।

1 इतिहास 6:19

मरारीका छोराहरूः महली अनि मूशी थिए। यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्।

1 इतिहास 6:29

यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए।

1 इतिहास 6:63

परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए।

1 इतिहास 25:25

अठारौं-हनानीका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

1 इतिहास 26:1

कोरहका परिवारबाट द्वारपालकहरू यी हुन्। मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।

1 इतिहास 26:26

यी शलोमीत र तिनका आफन्तहरू दाऊदले संग्रह गरेका बस्तुहरूको जिम्मामावाल थिए। सेनाका अधिकारीहरूले पनि चीज बीजहरू मन्दिरका निम्ति दिए।

नहेम्याह 10:11

मीका, रहोब, हशब्याह,

नहेम्याह 11:15

लेवीहरूबाट यिनीहरू यरूशलेममा बसेः शमायाह हश्शूबका छोरा, अज्रीकामका छोरा हशबियाहका छोरा बुन्नीका छोरा।

नहेम्याह 12:23

लेवीहरूका कुलका अगुवाहरूका नाउँ एल्याशीबका छोरा योहानानको समयसम्म विवरण पुस्तकमा लेखिएका थिए।

नहेम्याह 12:24

लेवीहरूका अगुवाहरू हशब्याह, शेरेबिया, येशूअ, कद्‌मीएलका छोरा अनि तिनीहरूका सहयोगीहरू थिए जो तिनीहरू देखिपारि उभिए परमेश्वरका व्यक्ति दाऊदको आदेश अनुसार परमेश्वरको स्तुति गर्न अनि धन्यवाद ज्ञापन गर्नका निम्ति एक भागले अर्कोलाई उत्तरदिए।

Interlinear

Choose Theme