“उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ।
Cross references
अनि म तल आएर त्यहाँ तिमीसंग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एक्लै त्यो सबै सहनु पर्दैन।
युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।”
तब मानिसहरूले यहोशूलाई उत्तर दिए, “हामीलाई गर्नु भनी जो आज्ञा तपाइले दिनुहुन्छ त्यो हामी गर्नेछौं। तपाइले हामीलाई जहाँ जानु भन्नुहुन्छ हामी जानेछौं।
तपाइले हामीलाई जे भने पनि हामी त्यसको पालन गर्नेछौं जसरी हामीले मोशाका आज्ञा पालन गरेका थियौ। हामी परमप्रभुसित एउटा कुराको मात्र याचना गर्न सक्छौ। हामी यो याचना गर्छौ कि परमप्रभु तपाईंको परमेश्वर जसरी उहाँ मोशाका साथ हुनुहुनथ्यो त्यसरी नै तपाईंको साथ रहनुहुनेछ।
त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि उत्रनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ।
जब शाऊल शमूएलबाट बिदा लिन फर्के, परमेश्वरले शाऊलको जीवन नै अर्कै बनाइदिनुभयो। त्यही दिन यी सबै घटनाहरू घटे।
जब तिनीहरूले नदी तरे एलियाले एलीशालाई भने, “परमेश्वरले मलाई तिमीबाट लिएर जानु अघि तिम्रो लागि म के गर्न सक्छु?” एलीशाले भने, “म तपाईको उत्तराधिकारी हुन चाहन्छु।”
जब यरीहोका अगमवक्ताहरूको दलले एलीशालाई देखे, तिनीहरूले भने, “एलियाको आत्मा अहिले एलीशामा छ।” तिनीहरू एलीशालाई हेर्न आए। तिनीहरू एलीशा अघि भुईंमा निहुरिए।
तब सुलेमान राजाको रूपमा परमप्रभुको सिंहासनमा बसे। सुलेमानले आफ्ना पिताको स्थान लिए। सुलेमान खूबै सफल भए। इस्राएलका सम्पूर्ण मानिसहरूले सुलेमानको आज्ञा पालन गरे।
परमप्रभुले सुलेमानलाई अत्यन्त महान तुल्याउनु भयो। इस्राएलका सबै मानिसहरू जान्दथिए कि परमप्रभुले सुलेमानलाई महान बनाउँदै हुनुहुन्छ। परमप्रभुले सुलेमानलाई राजाले पाउनुपर्ने सम्मान प्रदान गर्नुभयो। सुलेमान अघि इस्राएलका कुनै पनि राजाले यस्तो सम्मान पाएका थिएनन्।