Home Bibles गन्ती 27:19 · नेपाली बाइबल
गन्ती 27:19 · नेपाली बाइबल

तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ।

Cross references

व्यवस्था 3:28

तिमीले यहोशूलाई उपदेश अवश्य देऊ। तिनलाई तिमीले उत्साह देऊ। तिनलाई बलियो बनाऊ। भूमि तिमीले देख्न सक्छौ तर यहोशूले मानिसहरूलाई त्यहाँ लैजाने छन् अनि तिनीहरूलाई त्यहाँ बस्न सहायता गर्नेछन्।’

व्यवस्था 31:7

तब मोशाले यहोशूलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ।” मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ।

व्यवस्था 31:23

तब परमप्रभुले नूनका छोरो यहोशूसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “बलियो र साहसी बन, मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा जान इस्राएलका मानिसहरूलाई नेतृत्व गर, म तिमीसँगै हुनेछु।”

लूका 9:1

येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो।

लूका 10:2

येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्।

प्रेरित 20:28

तिमीहरू आपै र सबै बगालको निम्ति सावधान बस्। पवित्र आत्माले तिमीहरूलाई त्यो बगालको हेरचाह गर्न अनि परमेश्वरको मण्डलीको गोठालो गर्न सुम्पिनु भएको छ, जुन परमेश्वरले मण्डलीलाई आफ्नै रगतले किन्नु भएको छ।

कलस्सी 4:17

“प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अर्खिपसलाई भन।

1 तिमोथी 5:21

परमेश्वर, ख्रीष्ट येशू अनि छानिएका स्वर्गदूतहरूका सामु म तिमीलाई यसो गर्ने आदेश दिंदैछु। तर तिमीले सत्य नजानेसम्म मानिसहरूको न्याय नगर। अनि सबैलाई समानरूपले यसो गरिनु पर्छ।

1 तिमोथी 6:13

परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु।ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः

2 तिमोथी 4:1

परमेश्वर अनि येशू ख्रीष्टको नाउँमा म तिमीलाई आदेश दिदँछु। जीवित अनि मृतहरूको न्याय गर्नु हुने एक मात्र ख्रीष्ट येशू हुनुहुन्छ। उहाँको राज्य छ अनि उहाँ प्रकट हुनुहुँदैछ। त्यसैले म तिमीलाई यो आदेश दिन्छुः

Interlinear

Choose Theme