तिमीहरूको पालहरू नदी किनारका बगैंचाहरू जस्तै एकै पंक्तीमा रोपिएका ताडका रूखहरू फैलिए जस्तै, परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै, पानी नेरको देवदारहरू जस्तै फैलिएका छन्।
Cross references
परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो।
लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।)
यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समय फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काम सफल हुन्छ।
तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ। यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।
असल मानिसहरू लेबानेनमा परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
लबानोनको विशाल देवदारू रूखहरू परमप्रभुको सम्पत्ति हुन्। परमप्रभुले ती रूखहरू रोप्नु भयो अनि त्यसलाई आवश्यकता भरि पानी दिनु भयो।
मेरी प्रेमिका, मेरी दुलही! ताल्चा लगाएको बगैंचा जस्तै शुद्ध छौ। बन्द गरेको ताल जस्तै शुद्ध छौ। त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ।
म तल ओखरको बगैंचा तिर गएँ बेंसीहरूको फल हेर्न दाखहरू फूल्यो कि भनेर हेर्न दारिमले कोपीलाहरू लगायो कि भनेर हेर्न गएँ।
देवदारूहरू मरूभूमिमा उम्रिनेछन्, त्यहाँ बबुलका रूखहरू, चन्दनका र जैतूनका रूखहरू र धूपीका रूखहरू हुनेछन्।
परमप्रभुले सधैं तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको श्रोत जस्तै हुनेछौ।
मलाई खेदनेहरूलाई लाज होस्, तर मलाई लज्जित नपार्नुहोस्। तिनीहरूलाई डर देखाउनु होस् तर मलाई होइन। तिनीहरूमाथि ध्वंसको दिन आवोस्। तिनीहरूलाई ध्वंस पार्नु होस्। तिनीहरूलाई फेरि ध्वंस पनि पार्नु होस्।
इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इस्राएलका मानिसहरूलाई सकष्टहरूले अब पिरोलिने छैनन्।
अश्शूर देशलाई हेर त्यो लबानोनमा एउटा देवदार झौं थियो। यसको सुन्दर-सुन्दर हागाँहरूलाई हेर। जङ्गलमा छायादार अनि एकदमै अग्लो देवदारूको रूख थियो! यसको टुप्पोले बादल छुन्थ्यो।
हरेक प्रकारको फलदार वृक्षहरू नदीको दुवै किनारमा उम्रिन्छन्। यसको पातहरू कहिल्यै सुक्दैन पनि मर्दैन पनि। यी वृक्षहरूमा फल लाग्न कहिल्यै पनि छोड्दैन। वृक्षले प्रत्येक महिनामा फल दिन्छ। किन? किनकि रूखहरूको लागि पानी मन्दिरबाट आउँछ। त्यो रूखको फलहरू भोजन बनिन्छ अनि त्यसको पातहरू औषधी बनिन्छ।”
“त्यसदिन मिठो दाखरस पहाडहरुमा चुहिनेछ। डाँडाहरुबाट दुधको नदी बग्नेछ। यहुदाका सबै खोल्साहरुमा पानी बग्न थाल्नेछ। परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर सित्तिमको बेंसीलाई भिजाउँने छ।