Home Bibles योएल 3:18 · नेपाली बाइबल
योएल 3:18 · नेपाली बाइबल

“त्यसदिन मिठो दाखरस पहाडहरुमा चुहिनेछ। डाँडाहरुबाट दुधको नदी बग्नेछ। यहुदाका सबै खोल्साहरुमा पानी बग्न थाल्नेछ। परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर सित्तिमको बेंसीलाई भिजाउँने छ।

Cross references

प्रस्थान 3:8

अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।

गन्ती 25:1

शित्तीममा जब इस्राएलीहरू बस्दै थिए, त्यति बेला इस्राएली पुरूषहरूले मोआबी स्त्रीहरूसित शारीरिक सम्बन्ध राख्न थाले।

अय्यूब 29:6

जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो। म मेरो खुट्टाहरू नौनीले धुन्थें, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।

भजनसंग्रह 46:4

त्यहाँ एउटा नदी छ जसको धाराले सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ।

यशैया 30:25

प्रत्येक पहाड र पर्वतसित पानी भरिएको भञ्ज्याङ हुनेछन्। यी कुराहरू धेरै संख्यामा मानिसहरू मारिए पछि अनि भूमिमा धरहराहरू ढलेपछि मात्र हुनेछन्।

यशैया 35:6

लङ्गडा मानिसहरू मृग जस्तो नाच्ने छन्। अनि बोल्न नसक्ने लाटा मानिसहरूले पनि आफ्ना स्वरले खुशीको गीतहरू गाउनेछन्। यो त्यति बेला हुनेछ जब मूलको पानी मरूभूमिमा र्बसिन थाल्ने छ। झरनाहरू सकेको ठाउँहरूमा बहनेछ।

यशैया 41:17

“गरीब र दीन-दुखी मानिसहरूले पानी खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्। तिनीहरूको जिब्राहरू सुवखा छन्। म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु। म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।

यशैया 55:12

तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।

इजकिएल 47:1

त्यो मानिसले मन्दिरको द्वारमा मलाई फेरि लिएर गयो। मैले मन्दिरको पूर्वी सँघारको मुन्तिरबाट पानी आउँदै गरेको देखें। पानी मन्दिरको दक्षिण सीमाको मुन्तिरबाट वेदीको दक्षिणबाट बगिरहेको थियो।

आमोस 9:13

परमप्रभु भन्नुहुन्छ, “त्यो समय आइरहेछ जब प्रत्येक प्रकारको भोजन ज्यादाहुन्छ। अब मानिसहरुले आफ्नो फसल काटिसकेका हुँदैनन्, हलो जोत्ने समयआइहाल्छ, मानिसहरु अहिले दाखरस निकाल्नको लागि बसका हुन्छन्, फेरि दाखको रोप्ने समय आइहाल्छ। पहाडबाट दाखरसको धारा बग्ने छ अनि त्यो पहाडबाटझर्नेछन्।

मीका 6:5

हे मेरा मानिसहरु, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर। ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो। ती कुरा स्मरण गर जो सित्तीमबाट गिलगाल सम्म घटेको थियो। तब मात्र बुझ्नेछौ, परमप्रभुमा उद्धार छ।”

जकरिया 14:8

यससमय यरूशलेमबाट लगातार पानीबगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी र्बष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ।

प्रकाश 22:1

तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडाको पाठाको सिंहासनबाट बगिरेहको थियो।

Interlinear

Choose Theme