सिंहासनमा छःवटा सिंक्रहरू थिए। अनि त्यसको एक पाउ-दान थियो जो सुनले बनिएको थियो। सिंहासनको आसनका दुवै तिर पाखुरा अडयाउने बाहुहरू थिए। प्रत्येक बाहुको छेउमा सिंहका मूर्ति उभिएका थिए।
Cross references
यहूदा तँ सिंह जस्तै छस्। मेरो छोरा, तँ त्यो सिंह जस्तो देखिन्छस् जो आफुले मारेको जनावरमाथि उभिंदा देखिन्छ। तँ जब आराम गर्न ढल्किन्छस तँ सिंह जस्तै देखिन्छस् अनि कसैले तेरो विरोध गर्ने साहस गर्दैन।
मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लडछन्। अनि आफ्नो शत्रुलाई परास्त नपारे सम्म त्यो सिंह विश्राम गर्दैन। अनि त्यो सिंहले विश्राम नै लिंदैन जब सम्म आफ्नो शत्रु ती मानिसहरूको रगत पिउँदैन।”
“विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन् अनि सिंह झैं-तिनीहरूलाई कसले बिउँझाउने? “तिनीहरूलाई आशिर्वाद दिने आशीषित हुन् अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्।”
तर अग्रजहरु मध्ये एक जनाले मलाई भने, “नरोऊ! यहूदाका परिवार समूहबाट सिंहले विजय प्राप्त गर्यो। उनी दाऊदका सन्तान हुनुहुन्छ। उहाँ त्यो बेह्रिएको चर्मपत्र अनि त्यसका सातवटा मोहर खोल्ने योग्यको हुनुहुन्छ।”