Home Bibles गन्ती 22:6 · नेपाली बाइबल
गन्ती 22:6 · नेपाली बाइबल

यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशिर्बाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”

Cross references

उत्पत्ति 12:3

म तिमीलाई आशीर्वाद दिने मानिसहरूलाई आशीर्वाद दिनेछु अनि तिमीलाई सराप दिनेहरूलाई सराप दिनेछु। पृथ्वीमा सबै मानिसहरूलाई आशीर्वाद दिनका लागि म तिम्रो नाउँ प्रयोग गर्नेछु।”

उत्पत्ति 27:29

सबै मानिसहरूले तेरो सेवा गरून्। राष्ट्र तेरो अघि झुकोस्। तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्। तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्। प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ, अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”

गन्ती 22:12

परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू म द्वारा अशिषित छन्।”

गन्ती 22:17

किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।”

गन्ती 23:7

बालाक, मोआबका राजाले मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे। बालाकले मलाई भने,“आऊ मेरो निम्ति याकूबलाई शराप। आऊ इस्राएलका मानिसहरूको विरोधमा बोल।”

गन्ती 23:13

त्यसपछि बालाकले उसलाई भने, “तपाईं मसंग यता अर्को ठाँउमा आउनु, जहाँबाट ती मानिसहरूलाई अझ वेशी संख्यामा देख्न सक्नु हुन्छ। तपाईंले तिनीहरू सबैलाई देख्न सक्नुहुन्न खाली एक भाग मात्र देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईंले मेरो पक्षमा सराप्नु होस्।”

गन्ती 23:27

तब बालाकले बिलामलाई भने, “अब मसंग आउनु होस् अर्को ठाँउमा। हुन सक्छ परमेश्वर खुशी भएर ती मानिसहरूलाई सराप्न अनुमति दिनुहुन्छ।”

गन्ती 24:9

“विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन् अनि सिंह झैं-तिनीहरूलाई कसले बिउँझाउने? “तिनीहरूलाई आशिर्वाद दिने आशीषित हुन् अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्।”

व्यवस्था 23:4

किन? किनभने तिनीहरूले मिश्र देशबाट निएलेर यात्रा गरेको समयमा तिमीहरूलाई रोटी र पानी दिन अस्वीकार गरेका थिए। तिनीहरूले मेसोपोटामियामा पतोरको शहरमा बस्ने बओरको छोरा बिलामलाई तिमीहरूलाई सराप्नुको निम्ति पैसा दिएर बोलाए।

यहोशू 24:9

तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरूद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए।

1 शमूएल 17:43

गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्तै मलाई खेद्त चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो।

1 राजा 22:6

यसकारण इस्राएलका राजाले अगमवक्ताहरूको एउटा सभा बोलाए। त्यस बेला प्रातः 400 अगमवक्ताहरू थिए। राजाले अगमवक्तालाई सोधे, “के म लडनु रामोत जानु पर्छ? अथवा के मैंले अर्को मौकाका लागि पर्खिनु पर्छ?”अगमवक्ताहरूले उत्तर दिए, “तिमीले जानु पर्छ अनि अहिले लडाँईं गर्नु पर्छ। परमप्रभुले राजालाई जिताउनु हुनेछ।”

1 राजा 22:8

इस्राएलका राजाले उत्तर दिए, “एक जना अरू अगमवक्ता छन्। उनको नाउँ मीकाया हो, इम्लाहाका छोरा हुन्। तर म उनलाई घृणा गर्दछु। जब उसले अगमवाणी बोल्दछन् उनी मेरो विषयमा राम्रो कुरा भन्दैनन्, तर खालि दुभार्ग्यको विषयमा भन्दछन्।”यहोशापातले भने, “एकजना राजाले त्यस्ता कुराहरू भन्नु हुँदैन!”

1 राजा 22:13

यस्तो भइरहेको बेला अधिकारीहरू मीकायालाई खोज्न गए। अधिकारीहरूले मीकायालाई भेटे अनि भने, “अरू सबै अगमवक्ताहरूले भविष्यवाणी गरेका छन्, राजाको जीत हुनेछ। तिमीले पनि राजाको निम्ति असल कुराहरूका भविष्यवाणी गर्नु पर्छ।”

नहेम्याह 13:2

किनभने तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानीद्वारा स्वागत जनाएका थिएनन् र तिनीहरूलाई श्राप दिनलाई तिनीहरूको विरूद्ध बलामलाई ज्यालामा ल्याएका थिए। तर परमेश्वरले श्रापलाई वरदानमा परिणत गरिदिनुभयो।

भजनसंग्रह 109:17

त्यस दुष्ट मानिसले अरूकोलागि नराम्रो होस भन्ने इच्छा गर्यो अनि सराप्यो। त्यसले कहिल्यै पनि अरूहरूको निम्ति राम्रा कुराहरू चिताएन। यसैले त्यसप्रति पनि राम्रो कुरा हुन नदेऊ।

भजनसंग्रह 109:28

ती दुष्ट मानिसहरूले मलाई सराप्छन् तर तपाईंले मलाई आशीर्वाद दिनुहुन्छ। तिनीहरूले मलाई आक्रमण गरे, यसकारण तिनीहरूलाई हराइयोस्। तब, तपाईं को दास, म खुशी हुनेछु।

हितोपदेश 26:2

तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चंचल चरा उडेर गए जस्तै हो।

यशैया 47:12

तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला हुनसक्छ। तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।

इजकिएल 13:6

“‘झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घटनाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई साँचो बनाउँने प्रयास आजसम्म पनि गर्दैछन्।

प्रेरित 8:9

तर त्यस शहरमा शिमोन नाउँ गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे।

प्रेरित 16:16

एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घटना घट्यो। एउटी नोकर्नी केटीले हामीलाई भेटी। उभित्र एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकर्नीले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउने गर्थी।

Interlinear

Choose Theme