Home Bibles 1 राजा 22:13 · नेपाली बाइबल
1 राजा 22:13 · नेपाली बाइबल

यस्तो भइरहेको बेला अधिकारीहरू मीकायालाई खोज्न गए। अधिकारीहरूले मीकायालाई भेटे अनि भने, “अरू सबै अगमवक्ताहरूले भविष्यवाणी गरेका छन्, राजाको जीत हुनेछ। तिमीले पनि राजाको निम्ति असल कुराहरूका भविष्यवाणी गर्नु पर्छ।”

Cross references

भजनसंग्रह 10:11

यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो। हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो। हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!”

भजनसंग्रह 11:1

म परमप्रभुमा भरोसा गर्छु यसकारण किन मलाई भाग र लुक भन्यौ? तिमीले मलाई भन्यौ, “चरा जस्तो उडेर आफ्नो पहाडमा जाऊ!”

भजनसंग्रह 14:1

मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।” मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्। ती मध्ये एउटा पनि राम्रो काम हुँदैन।

भजनसंग्रह 50:21

यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरुले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ। हेर धेरै बेर म चुपचाप बस्ने छैन! म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।

यशैया 30:10

तिनीहरूले अगमवक्ताहरूलाई भने, “ती हामीले गर्नु पर्ने कामहरूमाथि दृष्टि नराख। हामीलाई सत्य नबताऊ। हामीलाई राम्रो कुराहरू भन जसले हामीलाई स्वस्थ्य अनुभव हुन सकोस्। हाम्रा लागि असल कुराहरू मात्र हेर।”

होशे 7:3

तिनीहरू आफ्ना दुष्ट कामले राजालाई र मालिकहरूलाई झूटा कुराले खुशी तुल्याउँछन्।

आमोस 7:13

तर यहाँ बेतेलमा ज्यादाउपदेश नदेऊ। यो यारोबामको पवित्र स्थान हो। यो इस्राएलको मन्दिर हो।

मीका 2:6

मानिसहरु भन्छन्, “तिमीले हामीलाई उपदश नदेऊ, उनीहरुले यस्तो गर्नु हुँदैन थियो, हामीमाथि कुनै पनि नराम्रा कुराहरु आईपर्ने छैनन्।”

मीका 2:11

यो सम्भव हुन्छ कि एकजना झुटा-अगमवक्ता आउँछ अनि झुटो बोल्छ। उसले भन्न सक्छ, “यस्तो एउटा समय आउनेछ जब त्यहाँ प्रशस्त मद हुनेछ।” यस प्रकारका अगमवक्ता तिनीहरु चाहन्छन्।

1 कोरिन्थी 2:14

जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ।

Interlinear

Interlinear data is unavailable for this verse.

Choose Theme