Home Bibles गन्ती 23:13 · नेपाली बाइबल
गन्ती 23:13 · नेपाली बाइबल

त्यसपछि बालाकले उसलाई भने, “तपाईं मसंग यता अर्को ठाँउमा आउनु, जहाँबाट ती मानिसहरूलाई अझ वेशी संख्यामा देख्न सक्नु हुन्छ। तपाईंले तिनीहरू सबैलाई देख्न सक्नुहुन्न खाली एक भाग मात्र देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईंले मेरो पक्षमा सराप्नु होस्।”

Cross references

गन्ती 22:6

यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशिर्बाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”

गन्ती 22:41

भोलिपल्ट बिहानै बालाकले बिलामलाई बमोत- बालमा लिएर गए। त्यहाँबाट तिनले इस्राएली मानिसहरूको केही भाग देखे।

यहोशू 24:9

तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरूद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए।

1 राजा 20:23

राजा बेन-हददका अधिकारीहरूले उनलाई भने, “इस्राएलका देवताहरू ता पहाडहरूका देवता हुन्। हामीले पर्वतीय क्षेत्रमा लडाईं गर्यौ। यसकारण इस्राएलका मानिसहरूले जीते। यसकारण हामी उनीहरू सँग त्यस ठाउँमा लडाईं गरौं। तब हामी जित्ने छौं।

1 राजा 20:28

परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।”‘

भजनसंग्रह 109:17

त्यस दुष्ट मानिसले अरूकोलागि नराम्रो होस भन्ने इच्छा गर्यो अनि सराप्यो। त्यसले कहिल्यै पनि अरूहरूको निम्ति राम्रा कुराहरू चिताएन। यसैले त्यसप्रति पनि राम्रो कुरा हुन नदेऊ।

मीका 6:5

हे मेरा मानिसहरु, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर। ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो। ती कुरा स्मरण गर जो सित्तीमबाट गिलगाल सम्म घटेको थियो। तब मात्र बुझ्नेछौ, परमप्रभुमा उद्धार छ।”

याकूब 3:9

हामी हाम्रा जिब्रोलाई हाम्रो परमप्रभु अनि पिताको स्तुतिमा उपयोग गर्छौ। अनि अझै त्यही जिब्रोले हामी मानिसहरूलाई सराप्छौ जसलाई परमेश्वरको सकलमा बनाइएको छ।

Interlinear

Choose Theme