करारको सन्दूक भएको पाल भित्र मोशा अर्को दिन पसे। अनि लेवी कुल समूहका नायक हारूनको लौरोमा पालुवा पलाएको देखे। त्यति मात्र नभई त्यस पालुवाले कोपिला हालेर फूली बदाम पनि फलेको थियो।
Cross references
त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगत्तै यसका फूलहरू प्रस्फूटित भए अनि पाकेको अगूँरको गुच्छा भयो।
उसको लौरोमा नयाँ पालुवाहरू पलाउनेछन्। यस प्रकारले तिम्रो र मेरो विरोध गर्ने मानिसहरूलाई म रोक्छु।”
परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुेनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
म दाऊदलाई बलियो पार्नेछु यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक बत्तीको नियुक्त गरेको छु।
हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलमा अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं छौ। म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।
त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर र्गवित हुनेछन्।
“तब अर्को वृक्षले थाहा पाउँछ कि म अग्लो रूखलाई भूईंमा लडाई दिन्छु अनि म सानो रूखलाई बढाउँछु। त्यसलाई लामो बनाउँछु म हरियो रूखलाई सुकाई दिन्छु। म सुकेको रूखलाई हरियो बनाई दिन्छु म परमप्रभु हुँ। यदि मैले गर्छु भने पछि त्यो निश्चय गर्नेछु।”
तर बोटलाई जरैसँग उखेलिदियो, अनि त्यसलाई जमीनमा फ्याँकि दियो। गरम पूर्वीय बतास चल्न थाल्यो अनि त्यसको फलहरू सुकाई दियो, शक्तिशाली हाँगाहरू भाँचिए अनि त्यसलाई आगोमा फ्याँकि दियो।
विशाल हाँगामा आगो फैलियो, आगोले त्यसको हाँगाहरू र फलहरू भस्म पारयो। यसकारण, कुनै हाँगाको शक्तिशाली लौरो रहेन। कुनै राजाको राजदण्ड थिएन।’यो मृत्युको बारेमा दुखको गीत थियो अनि यो मृत्युको बारेमा दुखको गीतको रूपमा गाइयो।”
येशूले भन्नुभयो, “म साँचो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ।
त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए।