Home Bibles इजकिएल 19:12 · नेपाली बाइबल
इजकिएल 19:12 · नेपाली बाइबल

तर बोटलाई जरैसँग उखेलिदियो, अनि त्यसलाई जमीनमा फ्याँकि दियो। गरम पूर्वीय बतास चल्न थाल्यो अनि त्यसको फलहरू सुकाई दियो, शक्तिशाली हाँगाहरू भाँचिए अनि त्यसलाई आगोमा फ्याँकि दियो।

Cross references

व्यवस्था 32:22

मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।

2 राजा 23:29

योशियाहको शासनकालमा मिश्रका राजा फिरऊन-नेकोले अश्शूरका राजाको विरूद्धमा युद्ध गर्न यूफ्रेटिस नदीमा गए। योशियाह नेकोसँग भेट गर्न मगिद्दोया गए। फिरऊनले योशियाहलाई देखे र उनलाई मारे।

2 राजा 23:34

फिरऊन-नेकोले योशियाहाका छोरा एल्याकीमलाई नयाँ राजा बनाए। एल्याकीमले आफ्ना पिता योशियाहको पद ग्रहण गरे। फिरऊन-नेको एल्याकीमको नाउँ बद्ली गरेर यहोयाकीम बनाए। अनि फिरऊन-नेकोले यहोआहाजलाई मिश्रबाट टाढा लगे। यहोआहाज मिश्रमा मरे।

2 राजा 24:6

यहोयाकीम मरे अनि उनलाई उनका पुर्खाहरूसँगे गाडियो। यहोयाकीमका छोरा यहोयाकीन उनीपछि नयाँ राजा भए।

2 राजा 24:14

नबूकदनेसरले यरूशलेमका सबै मानिसहरूलाई पक्रिए। उनले सबै अगुवाहरू तथा अरू पनि मानिसहरूलाई पक्रिए। उनले 10,000 मानिसहरूलाई लगे अनि तिनीहरूलाई बन्दी बनाए। नबूकदनेसरले सबै दक्ष कर्मी अनि कारीगरहरूलाई लगे। साधारण मानिसहरूमा दरिद्र बाहेक अरू कोही रहेनन्।

2 राजा 25:6

बाबेलीहरूले राजा सिदकियाहलाई रिब्लामा बाबेलका राजा कहाँ लगे। बाबेलीहरूले सिदकियाहलाई सजाय दिने निश्चय गरे।

भजनसंग्रह 52:5

यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ! उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाटधकेल्दै तान्नु हुनेछ, जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।

भजनसंग्रह 80:12

हे परमेश्वर, किन तपाईंले पर्खालहरू तानेर झार्नु भयो जसले तपाईंको “अङ्गुरको रूखलाई” सुरक्षा दिन्छ? अब बाटो हिंडनेहरूले पनि यसको अङ्गुरहरू टिप्नेछन्।

भजनसंग्रह 80:13

जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ। जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।

भजनसंग्रह 80:16

तपाईंको “अङ्गुरका बोटहरू” सुख्खा गोबर जस्तै आगोमा छन्। तपाईं यसमा रिसाउनु भयो र नष्ट पार्नुभयो।

भजनसंग्रह 89:40

तपाईंले उनका सबै पर्खालहरू भत्‍काइदिनुभएको छ, र उनका किल्‍लाहरू नष्‍ट पारिदिनुभएको छ।

यशैया 5:5

अब म तिमीहरूलाई भन्नेछु, म मेरो अङ्गरको बगैंचालाई के गर्नेछु। म सबै बारहरू उखेल्नेछु। अनि तिनीहरूलाई जलाउनेछु। म ढुङ्गाका पर्खालहरू भत्काउने छु अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।

यशैया 27:11

दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।

यर्मिया 4:11

त्यस समयमा यहूदा र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ, “मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट तातो हावा बहने छ तर तिनीहरूलाई निफन्न अथवा सफा पार्नु होइन।

यर्मिया 22:10

मरेको राजाको लागि नरूनु। उसको लागि विलाप नगर्नु, बरू त्यो राजाको लागि रूनु जसले यो ठाउँ नै छोडन बाध्य भएको छ। उसको निम्ति रूनु किनभने ऊ कहिल्यै फर्की आउने छैन्। ऊ आफ्नो स्वदेश फेरि देख्ने छैन।

यर्मिया 22:18

यसर्थ परमप्रभुले योशियाहका छोरो राजा यहोयाकीमको विषयमा भन्नुहुन्छु, “यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन, ‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी! म यहोयाकीमको लागि अत्यन्तै दुखीत छु।’ भनी तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्। यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्। तिनीहरूले उनको विषयमा भन्ने छैनन्, ‘हाय मेरा मालिक! हाय, मेरा महाराज! तिम्रो मृत्युमा म अत्यन्तै दुखी छु।’

यर्मिया 22:25

यहोयाकीन, म तिमीलाई बाबेलका राजा नबूकदनेस्सरलाई र बाबेलवासीहरूलाई सुम्पिनेछु। यी ती मानिसहरू नै हुन जसले तिम्रो प्राण खोजिरहेकाछन् र जोसित तिमी भयभित छौ।

यर्मिया 22:30

परमेश्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख ‘उ एकजना मानिस हो जसको कुनै नानीहरू छैन। यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन। अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन। कुनै पनि उसको सन्तानले यहूदामा शासन गर्ने छैन्।”‘

यर्मिया 31:28

बितेका दिनमा, मैले तिमीहरूलाई उखाल्न, तल झार्न च्यात-च्युत पार्न ध्वंस पार्न र नोक्सान गर्न नियाले। तर अहिले तिनीहरूलाई निमार्ण गर्न र तिनीहरूको र जग बासाउन म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।

इजकिएल 15:2

“हे मानिसको छोरो! के दाखको बोटको दाउरा जङ्गलको कुनै अर्को रूखको काठको सानो हाँगाभन्दा अधिक राम्रो हुन्छ? अहँ।

इजकिएल 15:4

यो आगो बाल्नु मात्र प्रयोग गरिन्छ। सुकेको दाउरा छेउबाट बल्छ? बल्दैन, बीचको भाग आगोले जलेर कालो हुन्छ, तर दाउरा पूर्ण रूपमा जल्दैन्। के तिमी त्यो जलेको दाउराबाट कुनै चीज बनाउँन सक्छौ?

इजकिएल 15:6

यसैले दाखको बोटको दाउराको टुक्रा जङ्गलको ती कुनै पनि दाउराको टुक्राको बराबर छ। मानिसहरू त्यो दाउराको टुक्रा आगोमा हाल्छन् अनि आगोले त्यसलाई जलाउँछ। त्यस्तै प्रकारले, म यरूशलेमका मानिसहरूलाई आगोमा फ्याँक्छु!” परमप्रभु मेरो मालिकले यो सबै कुराहरू भन्नुभयो।

इजकिएल 15:7

“म तिनीहरूलाई दण्ड दिनेछु, अनि तिनीहरू आगोबाट उम्के तापनि त्यसले तिनीहरूलाई अझै जलाउनेछ। अनि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। मैले तिनीहरूलाई दण्ड दिएँ भनेर जान्नेछन्।

इजकिएल 17:10

के त्यो बोट त्यहाँ बढ्छ जहाँ रोपेको छ? अँहँ! गरम पूर्वीय बतास चल्ने छ; अनि बोट सुकेर मर्नेछ। यो त्यहीं मर्छ जहाँ रोपेको थियो।”

इजकिएल 19:11

त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्यो, त्यो हाँगा टेक्ने लौरो जस्तो थियो। त्यो हाँगा राजाको राजदण्ड जस्तो थियो। बोट अग्लो अनि अग्लो हुँदै गयो। यसको धेरै हाँगाहरू थिए अनि त्यसले बादलहरू छुन थाल्यो।

इजकिएल 20:47

नेगेव जङ्गललाई भन, ‘परमप्रभुको समाचार सुन। परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नु भयो ध्यान देऊ, म तिम्रो जङ्गलमा आगो लगाउनेछु। आगोले प्रत्येक वृक्ष अनि प्रत्येक सुख्खा वृक्षलाई नाश पार्नेछ। त्यसको दन्केको ज्वाला निभ्नेछैन। दक्षिणबाट उत्तर सम्म सम्पूर्ण देश आगाले जलाइनेछ।

इजकिएल 28:17

तिमी आफ्नो सुन्दरताको कारण घमण्डी भयौं, तिम्रो घमण्डले तिम्रो बुद्धि नष्ट पार्यो, यसैकारण मैले तिमीलाई तल जमीनमा ल्याएँ अनि राजाहरूको अघि फ्याँकें ताकि तिनीहरू तिम्रो विनाश देख्न सकुन्।

होशे 13:15

इस्राएल आफ्नो दाज्यू-भाइहरूको बीच बढी रहेको छ तर पूर्वीय बतास आउनेछ। परमप्रभुको बतास उजाड मरूभुमिबाट आउनेछ अनि इस्राएलको कुवाहरू सुक्ने छन्। त्यसको पानीको मूल सुख्नेछ। त्यो आँधीले इस्राएलका सबै बहुमूल्य बस्तुको भण्डार रित्तो पारिदिने छ।

मत्ती 3:10

अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढलिनेछ अनि आगोमा फालिनेछ।

यूहन्ना 15:6

यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्।

Interlinear

Choose Theme