Home Bibles ☰ Books गन्ती 15:25 · नेपाली बाइबल
गन्ती 15:25 · नेपाली बाइबल

“यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायाश्चित बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गरून्।

Cross references

लेवी 4:20

उसले यो पापबलिलाई जसो गर्छ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायाश्चित गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ।

लेवी 4:26

उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रायश्चित गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।

लेवी 4:31

अनि मेलबलिमा गरिएको बलि झैं उसले त्यस बलिबाट सबै बोसो निकालोस्। पूजाहारीले परमप्रभुको निम्ति मिठो बास्ना दिनकालागि त्यो वेदीमा जलाओस्। यसरी पूजाहारीले त्यस मानिसलाई शुद्ध बनाउँछ अनि त्यसलाई क्षमा गरिनेछ।

लेवी 4:35

तब उसले मेलबलि सम्पन्न गरिको थियो, पूजाहारीले पाठोबाट निकाल्नु पर्छ अनि परमप्रभुका लागि भेटीको रूपमा यसलाई जलाउँछ। यसरी पूजाहारीद्वारा त्यस मानिसको प्रायश्चित उसको पापको लागि सम्पन्न हुन्छ अनि त्यो मानिस पाप मुक्त हुनेछ।

लेवी 15:15

पूजाहारीले दुइवटा चराहरू चढाउनु पर्छ। एउटा पाप बलिको निम्ति अनि अर्को होमबलिको निम्ति चढाउनु पर्नेछ। यस तरीकामा, पूजाहारीले प्रमेह हुने मानिसलाई परमप्रभुअघि शुद्ध बनाउने छन्।

लूका 23:34

येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।”सिपाहीहरूले चिट्टा उढाएर उनको लुगाहरू बाँडे।

प्रेरित 13:39

अनि हरेक मानिस जसले उहाँमा विश्वास गर्छ ती सबै कुराहरूबाट मुक्त गरिन्छ जसको निम्ति मोशाको व्यवस्थाले तिमीलाई मुक्त गर्न सकेन।

रोमी 3:25

परमेश्वरले हामीहरूका पापहरूको छुटकाराको निम्ति येशुलाई पठाउनु भयो। तिनीहरूका विश्वासको कारणले परमेश्वरले येशूका रक्तद्वारा मानिसहरूलाई पापको क्षमा दिनुहुन्छ। उहाँ धार्मिक हुनुहुन्छ भन्ने देखाउनलाई परमेश्वरले यसो गर्नु भयो। आफ्नो धैर्यको कारणले परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका पापहरूको निम्ति सजाय दिनु भएन।

हिब्रू 2:17

यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्।

1 यूहन्ना 2:2

येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरुको पापहरु पनि क्षमा गराउनुहुन्छ।

Interlinear

Choose Theme